Tuesday, October 21, 2008

खाडी क्षेत्रका पत्रकारहरु र नेपाल पत्रकार महासघका पदाधिकारीहरु विच छलफल

ऋचा शर्मा तिवारी / नया नेपाल अनलाइन डट कम संवाददाता
कार्त्तीक ४ गते ,काठमाण्डौं



नेपाल पत्रकार महासघका अध्यक्ष धमेन्द्र झा, महासचिव पोषण के.सी लगायतका अन्य पदाधिकारीहरु साग महासंघको केन्द्रीय कार्यालय सिनामंगलमा खाडी क्षेत्रमा कार्यरत नेपाली पत्रकारहरु तथा पत्रकारिताको अवस्था र चुनौतीको बारेमा छलफल भएको थियो ।

छलफलमा नेपाल पत्रकार महासघका अध्यक्ष धमेन्द्र झा, महासचिव पोषण के.सी लगायतका पदाधिकारीहरु र युएई बाट आएका नेपाल दुबई डट कम का महानिर्देशक तथा पत्रकार दामोदर नेपाल, नेपाल पत्रकार महासंघका दुवई संपर्क शाखाका महासचिव जेपी सापकोटा र कतारबाट सञ्चालित नाया नेपाल अनलाइन डट कमका नेपाल संवाददाता ऋचा शर्मा तिवारी सहभागि हुनुहुन्थ्यो ।

सो कार्यक्रममा कतारमा कार्यरत नेपाल कतार पत्रकार संघलाई सम्र्पक शाखाको रुपमा ईजाजत दिनका लागि गरिएको प्रस्तावित विषयमा समेत चर्चा गरिएको थियो । सोहि क्रममा अध्यक्ष झाले सम्र्पक शाखा खोल्नको लागि दिइएको प्रस्तावना पत्रमा माग गरिएका कागजातहरु नियम प्रक्रियाहरु पुरा गरेर आएमा सहज रुपमा कतारमा स्थापित नेपाल कतार पत्रकार संघलाई सम्र्पक शाखाको संबन्धन दिन सकिने कुरा उपस्थित सहभागिहरुलाई बताउनु भयो । यस सम्वन्धमा नेपाल कतार पत्रकार संघले आवश्यक सम्पुर्ण कागजातको तयारी गरिरहेको पनि जानकारी दिएको छ ।

स्मरण रहोस, नेपाल कतार पत्रकार संघ सन् २००६ मा भएको हो ।



त्यसैगरि अध्यक्ष झाले पत्रकार कल्याण कोषमा अहिले रु १९ लाख रकम भएको र अझ त्यसमा केहि रकम आफनो कार्य क्षेत्रबाट सहयोग गर्नका लागी सत्रकार साथीहरुलाई अनुरोध गर्नुभएको छ ।

उहांले हालको नियमावलीको केही दफाहरुमा संसोधन गरेर विदेशमा कार्यरत नेपाली पत्रकारहरुलाई पे्रस पास दिने व्यवस्था गर्न केहि समय लाग्ने कुरा पनि सोही भेटघाटको अवसरमा बताउनुभयो ।

No comments: