Sunday, October 12, 2008

गर्भवती अवस्थामा स्मरण शक्तिमा कमी नआउने अनुसन्धानको निष्कर्ष

गर्भवति अवस्थामा स्मरण शक्तिमा ह्रास आउछ भन्ने विश्व्ाास अझैपनी धेरै महिलाहरुमा रहेको पाइन्छ । नेपाल जस्ता कम विकशित मुलुकहरुमा मात्र होइन युरोपका धेरै सम्पन्न देशहरुमा पनि यस्तो धारणा लामो समयदेखी रहदै आएको छ । र्
गर्भवति महिलाहरुले पनि आफ्नो स्मरण शक्तिमा कमी आएको महसुुस गर्ने गरेको बताउँदै आएका छन् ।
तर हालसालै अष्ट्रेलियाको एक विश्वविद्यालय नेशनल युनिभर्सिटीको मानसिक अनुसन्धान विभागले गरेको अध्ययनले यो धारणा पर्ूण्ात गलत भएको ठहर गरेको छ ।

विभागले सन् १९९९, २००३, र २००७ मा ३ पटक सम्मगरी २ हजार ५ सय महिलाहरुमा गरेको अध्ययनले यस्तो देखाएको हो
सन १९९९ मा २० देखी २४ बर्षसम्मका महिलाहरुमा पहिलो पटक यस्तो अध्ययन गरिएको थियो ।
पहिलो पटक अध्यन गरिएका महिलाहरुमध्ये २००३ मा गर्भवति भएका ७६ जना महिलाहरुको स्मरण शक्तिमा गर्भवति हुदा र नहुदामा कुनै अन्तर नभएको अध्ययनले देखाएको छ ।
यस्तै उनिहरुमध्ये २००७मा दोश्रो पटक गर्भवति हुनेहरुमा पनि स्मरण शक्तिमा खासै परिवर्तन नआएको पाइयो ।
अनुसन्धान टोलीकी प्रमुख तथा विश्वविद्यालयमा मानसिक विभागकी प्राध्यापक हेलेन क्रिष्टीनाले भन्दा गर्भवति अवस्थामा महिलाहरुमा सामान्य अवस्था भन्दा काम गर्नै जोश र जागर अझ बढि हुने पाइएको बतानुहुन्छ । र्
गर्भवति अवस्थामा धेरैले महिलाहरुलाई कमजोर रुपमा लिने गरेको हुदा महिलाहरु स्वयँमा पनि यस्तो भ्रम भएको उहाँको भनाइ छ ।
-अनुवादक, सुमन भट्टर्राई /बिबिसी अनलाइन

No comments: