कार्तिक १५ गते/कंचनपुरमा एक महिलाले हिजो आत्महत्या गरेपछि मृतकका बाबुले ज्वाईलाई हत्याको आरोपमा प्रहरीमा जाहेरी दिनुभएको छ ।
जिल्लाको चाँदनी गाविसमा रहेको मालिका प्राविकी प्रधानाध्यापक समेत रहनु भएकी मीना सिंहको मृत्यु भएपछि उहाँका बाबु भवानी चन्दले ज्वाईंले कुटपिट गरी हत्या गरेको भन्दै आज जाहेरी दिनुभएको हो ।
उहाँको जाहेरीको आधारमा मीनाका श्रीमान पदम बहादुर सिंहलाई इलाका प्रहरी कार्यालय दोधाराले आज पक्राउ गरेको प्रहरीको भनाइ उधृत गर्दै कंचनपुरबाट पत्रकार यमकला पाण्डेले जनाएकी छन् ।

४ वर्षअघि विवाह गरेका मीना र पदम बीच यसअघि पनि पटकपटक विवाद हुने र श्रीमतीलाई कुटपिट गर्ने गरेको मीनाको माइती पक्षको दाबी छ ।
मीना स्थानीय मालिका प्राविकी प्रधानाध्यापक हुनुहुन्थ्यो भने उहाँका श्रीमान पदम पनि सोही विद्यालयको शिक्षक भएको बताइएको छ ।
यसैबीच मीनाको शवको सही ढंगले पोष्र्टमार्टम गर्न आग्रह गर्न आज दिउँसो अंचल अस्पताल कंचनपुर पुगेका महिला अधिकारकर्मीहरुलाई चिकित्सकहरुले दर्ुर्व्यवहार उनीहरुले आरोप लगाएका छन् ।
शवको पोष्टमार्टम रिपोर्ट सत्यतथ्य हुनुपर्ने माग गर्दा पोष्र्टमार्टममा संलग्न २ चिकित्सकले आफूहरुलाई दर्ुर्व्यवहार गरेको त्यहाँबाट महिला अधिकारकर्मी शारदा चन्दले जानकारी दिनुभयो ।
No comments:
Post a Comment