Tuesday, December 30, 2008

बेचिएका चेलीहरु न्याय खोज्दैछन्

झापाबाट पत्रकार नारायण खडका
बिभिन्न प्रलोभन र बहानामा परि बेचिएका पर्ुवका महिलाहरुले आफुहरुलाई न्याय दिलाईदिन पत्रकारहरुसँग आग्रह गरेका छन् । झापाको बिर्तामोडमा आयोजना गरिएको इक कार्यक्रममा उनीहरुले आफुहरुलाई बिभिन्न बहानामा बेचिएको भएपनि आफुहरुको अवस्थाप्रति गम्भिर नभई छिमेकीहरुले पशुवत व्यवहार गरेपछि आफुहरु अलपत्र रहेको बताएका छन् । उनीहरुले आफुहरुको सहज जीवनयापन र दोषीलाई कारबाहीको माग समेत गरेका छन् ।

२ बर्षअघि भारतको दिल्लीमा आफ्नै प्रेमीबाट बेचीएकी मोरङकी २२ बषिर्या दिलमाया र्राई -नाम परिवर्तन), दर्ुइ बर्षघि स्थानीय एक ब्यक्तिले छोरी बेपत्ता बनाएकी मीना दर्जी, मनरानी लिम्बु लगायतले दोषीलाई कारबाही गर्न पत्रकारहरुमार्फ सरकारको ध्यानाकर्षा गराएका छन् । उनीहरुले दोषीको बारेमा सबै यर्थाथ उल्लेख गरेर उजुरी दिएपनि अहिलेसम्म आफुहरुलाई न्याय दिनुको साटो थप पीडा दिने काम भएको बताए ।
गाउँ समाजका कारण घरमा बस्ने वातावरण नभएपछि आफुहरु भौतारिहेको दिलमायाले बताउनुभयो । बेचिएर उद्धारपछि घर फर्किएकी उनलाई घर र समाजले बस्न नदिएपछि अहिले बिचल्लीमा परेको बताउँछिन् । 'बेचिएर आएकी भन्ने थाहा पाएपछि समाजले पशुको जस्तो व्यवहार गरेर घरमा बस्नै नदिएपछि म बिचल्लीमा परेको हुँ, उनले भनिन-मेरो सहज जीवनयापनका लागि वातावरण बनाइदिनुपरयो ।
२ बर्षघि स्थानीय दलालबाट लगिएकी २० बर्ष छोरी भोटीमाया नफर्किएको भन्दै उनकी आमा मीना दर्जी पनि न्यायको खोजीमा छिन् । स्थानीय दलाल शन्तकुमार तामाङले राम्रो रोजगारी पर्ठाई दिने भन्दै लिएर गएको तर, छोरीको बारेमा अहिलेसम्म कुनै जानकारी नदिएको भन्दै न्यायका लागि पहल गरिदिन संचारकर्मी संग अनुरोध गरिन । यसैगरि गरामनी बस्ने ३० बर्षी मनरानी लिम्बु पनि बिगत ४ बर्षेखि बेपत्ता छिन् । बैदेशिक रोजगारीका लागि युवराज नामका दलाले उनलाई अलपत्र पारेको र अहिलेसम्म कुनै खबर नदिएको उनकी आमाले बताईन् ।
पर्ूवाञ्चल क्षेत्रमा अहिले करिब ७० जना महिलाहरु यसप्रकारको समस्याबाट पीडित रहेको शक्ति नेपालकी संयोजक जानुका भट्टर्राईले जानकारी दिईन । बेचिने र हराउने अधिकाँश चेलीहरुलाई बैदेशिक रोजगारीका नाममा बेपत्ता पार्ने गरिएको उनको भनाई छ । हराएका चेलीहरुका बारेमा माईती नेपाल, प्रहरी प्रशासनलाई अनुरोध गरिएको भएपनि बेवास्ता गरिएको सँयोजक भट्टर्राईले बताईन् ।
स्थानीय दलाल सन्तकुमार तामाङ मार्फ बेचिएकी भोटीमाया दर्नालकी बृद्ध आमा, प्रेमीबाट बेचिएकी शर्मा र मनरानी लिम्बुका परिवार अहिले न्यायका लागि गुहार माग्दै हिडिरहेका छन् । तरपनि उनीहरुलाई न्यायका लागि भरपर्दाे पहल हुन सकेको छैन् । अशिक्षित र गरिब परिवारका उनीहरुलाई मोटो रकमको प्रलोभनमा पारेर पीडा दिएको पीडित परिवारको भनाई छ । पीडा पाएपनि गाउँ र समाजले बस्न नदिएका कारण अहिले बिचल्ली अवस्थामा रहनुपरेकाले आफ्नो पर्ुनस्थापनामा सहयोग गरिदिन उनीहरुले संचारकर्मीहरुलाई अनुरोध गरेका हुन ।
Read Full Entry

Sunday, December 28, 2008

महिला हिंसाको रुप एउटै छ, नेपाल होस् वा भारत

भारत लखनउकी सुधाले आफ्नै छिमेकी एक पुरुषले आफ्नी गर्भवती बुहारीलाई यौन दर्ुर्व्यवहार गरेको प्रत्यक्ष देखेको अनुभव सुनाइन् । त्यसको बदलामा उनले आफू सहित भएर पीडित महिलालाई घटनाको प्रतिकार गर्न लगाइन् ।
भारत उत्तर प्रदेशका राजबीरले घरमा खाना पकाउने लगायतका घरको काम गर्दा नामर्द पुरुषको संज्ञा समाजले दिएको अुनभव सुनाए । यति मात्र होइन उत्तर प्रदेशकै नेहालाई शिक्षा प्राप्तको लागि घरपरिवारले भेदभाव गर्‍यो । फलस्वरुप उनलाई महिला अधिकारका क्षेत्रमा काम गर्न थालेको बताइन् ।


यो सर्न्दर्भ थियो, भारतको नयाँ दिल्लीमा केही महिना अघि एकहप्ता सम्म भएको जेण्डर सम्बन्धी तालिमको । सुधा, राजबिर, नेहाको जस्तै फरक फरक तर एउटै विषयमा ३० जनाले पनि यस्तै अनुभव आदान प्रदान गरे । भारतमा महिला अधिकारका लागि करिब ३ दशक अघिदेखि काम गर्दै आएको जागोरी नामक संस्थाले जेण्डर सम्बन्धी तालिम दिएको थियो । भारतको नयाँ दिल्लीमा भएको तालिममा भारतका विभिन्न राष्ट्रको र नेपालका ६ जना -म र संचारकमी शोभा खड्का तथा अरु ४ जना महिलाअधिकारका क्षेत्रमा कार्यरत थिए) सहित ३० जनाको सहभागिता थियो ।
तालिममा सहभागी सबैले आ-आफ्नो अनुभव, महिला अधिकार, महिला हिंसा विरुद्ध आफूहरुले गरिरहेको प्रयास आफू कार्यरत संस्थाले गरिरहेको कामको बारेमा पनि भन्नुपर्ने थियो । अनि ती विषयवस्तुलाई मसिनोसँग केलाउने र विश्लेषण गर्ने तथा समस्या समाधानको लागि रणनीति तयार गर्न समेत लगाइन्थ्यो । तालिम अवधिमा सहभागीहरुको विचारलाई तथ्यांकमा हर्ेर्ने प्रयास गरिएको थियो । जस अनुसार एउटा विषय थियो- महिला माथि हुने हिंसा ।
यस अर्न्तर्गत हिंसा कहाँ हुन्छ - हिंसा कसले गर्छ - कसरी गरिन्छ - कस्तो रुपको हिंसा र हिंसा विरुद्ध कसले कस्तो प्रयास गर्‍यो भन्ने विषय दिइएको थियो । जसको लागि ६/६ जनाको ५ वटा समुह बनाइएकोेेेेेेेेेेेेेेे थियो । प्रत्येक समुहले ४/४ वटा प्रत्येक प्रश्नको ४ वटा निष्कर्षनिकाल्नु पर्ने थियो । करिब २ घण्टाको छलफलबाट निष्कर्षनिस्कियो । ५ वटा समुहले प्रत्येक ४ वटा प्रश्नको एकएक वटा निष्कर्षनिकाल्दा एउटा प्रश्नको २० वटा उत्तर आएको थियो । ती २० वटा उत्तरहरुलाई तथ्यांकमा निकाल्दाः हिंसा कहाँ हुन्छ भन्ने प्रश्नको जवाफ मध्ये १४ वटा हिंसाका घटना घरमा हुने निष्कर्षआएको थियो । त्यस्तै ३ वटा र्सार्वजनिक स्थलमा , ३ वटा कार्यस्थल वा विद्यालयमा भएको निष्कर्षआयो ।
व्यक्तिको पहिलो पाठशाला मानिन्छ घरलाई तर महिला माथि हुने अधिक हिंसा घरमा नै हुने गरेको छ । महिला हिंसा सम्बन्धी आधिकारिक तथ्यांक नभइरहेको अवस्थामा महिला हिंसा विरुद्ध काम गर्ने ती ३० जनाको निष्कर्षाई आधार मान्ने हो भने पनि एक खालको दिशा पत्ता लाग्छ महिला हिंसा अन्त्यको लागि कसले कहाँ के गर्नुपर्ने रहेछ भनेर । भारतसँग बढी सम्बन्धित भएको भनिए पनि महिला माथि हुने हिंसाको स्वरुप, प्रकृति तथा घटना त्यहाँ र नेपालमा एउटै हो भन्दा फरक पर्दैन ।
त्यसो त महिलाले जन्मेपछि हिंसा भोग्ने कुरा भयो यी माथिका त । जन्मनु अघि नै गरिने हिंसा पनि कति छ कति - प्रविधिको विकासले पनि महिलालाई नै ठगेको छ । गर्भमा भएको बच्चाको लिङ्ग पहिचान गर्ने प्रविधि आयो, त्यसपछि त झन् जन्मनु अघिदेखि नै महिला माथिको हिंसा भयो । एकातिर गर्भको बच्चा छोरी भएकै आधारमा गर्भपतन वा भु्रणहत्या अर्को आमालाई गर्भवती भएदेखि नै मानसिक या शारीरिक यातना । अनि जन्मिसके पछि पनि खानपान, शिक्षाको अवसरमा फरक, छोरी मात्रैले नभएर छोरा पर्खिनै पर्ने - -
त्यस्तै हिंसा कसले गर्छ भन्ने निष्कर्षा जम्मा २० वटा जवाफ मध्ये १७ हिंसा पुरुषले गरेको र बाँकी ३ वटा महिलाले गरेको पाइयो ।
यो निष्कर्षसहभागीहरुले प्रत्यक्ष देखेको वा भोगेको आधारमा निकालिएको हो ।
यो तथ्यांकलाई सामान्य आधार मान्ने हो भने महिलाले हरेक ठाउँ पुरुषबाट नै डराउनु पर्ने अवस्था छ भन्ने निष्कर्षनिकाल्दा फरक पर्दैन ।
भन्ने गरिन्छ, महिलाका रक्षक पुरुष भनेर । तर यो तथ्यांकलाई हर्ेदा रक्षक नै भक्षक भन्ने स्पष्ट हुन्छ । हुन त सबै पुरुष त्यस्तै हुन्छन् भन्ने त होइन तर महिला माथि हुने अधिक हिंसा पुरुषबाट हुन्छ भन्न पनि डराउनु पर्दैन । सबैलाई सामान्य लाग्न सक्छ, धेरैलाई सोध्ने हो भने धेरै महिला राती वा अँध्यारोमा हिंड्न डराउँछन् । तर के को डर लागेको हो त महिलाहरुलाई .......बाघ.......भालु......र्.र्सप ........के को - यो सबैको उत्तर एउटै आउँछ मान्छेको त्यसमा पनि पुरुषको के यो उत्तर गलत होला -
यी माथिका कुनै भनाइमा कसैको असहमति पनि छ - के यस्तो व्यक्ति, घर वा समाजबाट कोही अनभिज्ञ छ र - शायदै नहोला भए पनि अनुभव नै नगर्ने व्यक्तिमा मात्रै होला । त्यसो भए अब हिंसा पीडितहरुले के गर्ने त - अहिलै नबोले कहिले बोल्ने - अनि आफैंले नबोले कसले बोल्ने - यो अर्को प्रश्न पनि छ ।
तालिमकै सर्न्दर्भ जोड्ने हो भने तालिममा सहभागी भएकाहरु ज्ो हिंसा पीडित भए वा प्रत्यक्ष भोग्नेले के गरे त - सहभागीको २० उत्तर मध्ये १५ जनाले विरोध वा प्रतिकार गर्ने गरेको बताए । ती मध्ये ७ जनाले आफूहरु सफल भएको अनुभव सुनाए ।
समग्रमा भन्नु पर्दा महिला माथि हुने हिंसा कम हुन सकेको छैन । महिला हिंसाको विरुद्ध काम गर्ने थुपै्र सरकारी गैरसरकारी संघसंस्थाहरु छन् । तर हिंसाको घटना र्सार्वजनिक गर्न, लुकाएर नराख्न सबैले चेतना दिने प्रयास गरिरहेका छन् । तर प्रतिकार गर्न भनेर कसैले सिकाएनन् । अब भने चाहिं चुपचाप सहेर बस्नु भन्दा प्रतिकार, विरोध गर्न पनि महिलाहरुलाई प्रोत्साहित गर्ने हो कि - यो प्रश्न महिला अधिकारकर्मीहरुलाई । जो नेपालका हुन् वा भारतका समस्या एउटै भएकाले महिला हिंसा विरुद्ध एक भएर अघि बढ्नुपर्ने देखिन्छ ।
नपाल समाचारपत्रमा केहीदिन अघि प्रकाशित
Read Full Entry

Tuesday, December 23, 2008

नेपाल पत्रकार महासंघद्धारा राजधानीमा एक घण्टे शान्ति धर्ना कार्यक्रम आयोजना गरियो ।

नेपाल पत्रकार महासंघले राजधानीमा आज एक घण्टे शान्ति धर्ना कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रम बबरमहल सडक विभाग कार्यालय अगाडिबाट शरु भई काठमाडौ जिल्ला प्रशासन कार्यलय हुदै सिहंदरबारको उत्तर ढोकामा गए धर्नाको रुपमा परिणत भएको थियो । सो कार्यक्रम विशेष गरि मिडिया र मिडियाकर्मीहरु प्रति भएको दमनको विरोधमा आयोजना गरिएको हो ।


कार्यक्रममा सम्पादक सञ्जालका अध्यक्ष युवराज घिमिरेले यो आन्दोलन पुलिस दमन विरुद्ध नभएर ,यो दमन कसले गरिरहेको छ , राज्यको भुमिका के छ भन्ने विरुद्ध आफुहरु लडदै छौ । सत्ताले प्रेसलाई सधै रुचाउदैन र सत्ताधारी पार्टी माओवादी स्वतन्त्र प्रेस र न्यायलयको विरुद्धमा रहेको समेत बताउनुभयो ।

त्यसैगरि नेपाल पत्रकार महासंघका अध्यक्ष धमेन्द झाले हाम्रो मागहरु सकारले पुरा गर्नेर्पछ र हामीले सधै आश्वासन मात्र नसहने र यस्ता दमनकारीहरुलाई कडा कारवाही गरिनुपर्ने आज यो समस्यालाई अन्र्तराष्टिय सञ्चार जगतले पनि चासोको साथ लिइरहेको छ र यसप्रति ऐक्यबद्धता जनाएर सहयोग गरेको बताउनुभयो ।
सो कार्यक्रममा प्रेस चौतारीका शम्भु श्रेष्ठले छापा वा विद्युतीय सञ्चारमाध्यमहरुले पनि सरकारी समाचारहरु वहिष्कार गर्नपर्ने, कि्रयात्मक लक्ष्य उन्मुख कार्यक्रमहरु गरि सबै मिडियामा सरकारको विरोध गर्न पर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रमका अर्का वक्ता मानवअधिकारवादी सुवोध प्याकुरेलले यसरी सञ्चारमाध्यममा आक्रमण हुनु यो एउटा मानवअधिकार माथी भएको आक्रमण हो र यो एउटा चुनौत भिएको बताउनुभयो । उहाले भन्नुभयो समाजमा सर्बै भन्दा पहिले प्रेस र नागरिक स्वतन्त्रता हो ।
त्यसै गरि नेपाल वार एशोशिएसनका अध्यक्ष्ा शम्भु थापाले यस विषयमा कथित आयोग बनाएर पन्छयाउन खोेजेमा ,यदि यहा कानुन र संविधान छ भने कडा भन्दा कडा ती दमनकारीरुलाई कारवाही गरिनुपर्दछ र यस आन्दोलनमा सम्पुर्ण कानुन व्यवसायीहरुले पनि ऐक्यवद्धता जनाएको बताउनुभयो ।
त्यसैगरि कार्यक्रमको सबै उपस्थित वक्ताहरुले सञ्चारमाध्यममा भएको दमनको विरुद्ध आफुहरु खरो किसिमले लडन्े धारणा व्यक्त गरेका छन् ।

सो कार्यक्रम देशभरी नै चलेको र भोली संविधानसभा भवन स्थल बाहिर दिउसो चारबजे विरोध कार्यक्र्रम गर्ने नेपाल पत्रकार महासंघका महासचिव पोषण के.सीले जानकारी दिनुभयो ।

ऋचा शर्मा तिवारी
Read Full Entry

Sunday, December 21, 2008

नेपालकै इतिहासमा पहिलो पटक बोल्ड आउटबाट वेष्टजोन माविको विजयी बोल्ड आउटबाट "म्यान आफ द म्याच" घोषित भए प्रसन्न श्रेष्ठ

जिविस कप अन्तर विधालयस्तरीय क्रिकेट प्रतियोगिता अन्तरगत आइतबार भएको पहिलो खेलमा श्रीराम मावि नआएको हुनाले आक ओभरको आधारमा एन्जल्स मावि विजयी भएको छ ।
त्यसै गरी प्रतियोगिताको दोस्रो खेल मोर्डन मावि र वेस्टजोन मावि बीच भएको खेलमा नेपालकै इतिहासमा पहिलो पटक बोल्ड आउटबाट ओस्टजोन मावि विजयी भएको हो ।



दुवै समूहबाट म्याच बाई भएपछि दुवै समूहका ५-५ वटा बलरले विकेटलाई बोल्ड आउट गर्नुपर्छ जसमा मोर्डन पब्लिक हाईस्कुलका कुनै पनि बलरले बोल्ड आउट गर्न सकेन तर ओस्टजोन माविका प्रसन्न श्रेष्ठले बोल्ड गरी नेपालकै इतिहासमा पहिलो पटक बोल्ड आउट गरी रेकर्ड राख्न सफल
भए ।
निर्धारित २० ओभरको खेलमा ओस्टजोन माविले ८ विकेट गुमाई २० ओभरमा १ सय २५ रन बनाउन सफल भयो ।
ओस्टजोन स्कुलको ब्याट्स मेन प्रसन्न श्रेष्ठले २ प्रदिप गिरीले क्रमशः ४० र १० रन बनाएका थिए । बलिङ्ग गर्दै मोर्डन हाईस्कुलका बलर सुदिप श्रेष्ठ, करण शाहले क्रमशः ४ ओभर १४ रन दिई ३ विकेट र करण शाहले ३ दशमलब २ ओभरमा २३ रन दिई ३ विकेट मात्र लिन सफल
भयो ।
१ सय २६ रन लिई ओर्लेका मोर्डन हाईस्कुलले २० ओभरमा ९ विकेट गुमाई १ सय २५ रन बनाउन सफल भए ।
दोस्रो इनिङमा ब्याटिङ गर्दै मोर्डन माविका ब्याट्स मेन सरबेश कुमारले २५ रन र सुदिप श्रेष्ठले २४ रन बनाएका थिए ।
बलिङ्ग गर्दै ओस्टजोन माविका बलर मन्दीप खड्का र प्रसन्न श्रेष्ठले ४-४ ओभर गरे । मन्दीप खड्काले ४ ओभरमा १६ रन बनाए भने प्रसन्न श्रेष्ठले ४ ओभरमा २१ रन दिई २ विकेट लिएका थिए ।
बोल्ड आउटको निर्णयद्वारा ओस्टजोन मावि १-० ले जित्न सफल भयो भने ४० रन र २ विकेटको योगदान दिने ओस्टजोन माविका खेलाडि प्रसन्न श्रेष्ठ 'म्यान अफ द म्याच' घोषित भए ।
त्यसैगरी आज हुने क्रिकेट प्रतियोगितामा पहिलो खेल सनविन हाईस्कुल र जुनियर क्याबि्रज हाईस्कुल बिच हुनेछ भने दोस्रो खेल आइतबार भएको खेलबाट बोल्ड आउट भई विजयी भएका ओस्टजोन मावि र एभेष्ट सैनिक मावि विच हुनेछ ।
उक्त क्रिकेट प्रतियोगिता विहान ९ः३० देखि साँझ ४ः३० बजेसम्म हुनेछ । जिविस कप अन्तर विधालयस्तरीय क्रिकेट प्रतियोगिता हेर्नको लागि खेलप्रेमिहरुको घुईचो पनि उत्तिकै छ । यसको साथै खेल क्षेत्रलाई गुणस्तरीय बनाउन यहाँका सम्बन्धित पक्षको ध्यान जान आवश्यक छ भने राष्ट्रको पहिचान र गौरव बढाउने खेलाडिहरुको खेललाई उत्साह र उमंग दिनको लागि पनि खेलप्रेमिहरु खेल हेर्न आउनको लागि पनि अझ बढी आवश्यक छ ।
दीपा आले
नेपालगन्ज, २९ मंसिर
Read Full Entry

Saturday, December 20, 2008

बैदेशिक रोजगारका लागि इजरायलबाट नेपाली एजेन्टद्वारा चर्को रकम असुली क्यानडा तर्फ लैजादै

वैदेशिक रोजगारका लागि नेपालीहरूको मूख्य आकर्षण बन्दै आएको इजरायलमा अहिले नेपाली एजेन्टहरू द्वारा चर्को मुल्य असुली क्यानडा तिर लैजाने क्रम बढेको छ । नेपालबाट रोजगारीको लागि इजरायल आउने र इजरायलमा केही समय विताइ क्यानाडामा पि आर पाइन्छ भन्ने प्रलोभनमा परि क्यानाडा प्रवेष गर्नेको घुँइचो अहिले ह्वात्तै बढेको छ । क्यानाडामा पुगेपछि आफ्नो भिषाको काम नगर्ने र नेपाल र नेपालीको छवी विगार्ने गरी शरणार्थी शिविरमा गएर शरणार्थीको लागि आवेदन दिने गरेका छन् । नेपालीहरु क्यानाडा जानको लागि इजरायलमा क्यानेडियन कन्सल्टेन्सीहरुद्वारा राखिएका नेपाली एजेन्टहरुलाई नौ देखि वाह्र हजार अमेरिकन डलरसम्म तिर्ने गरेका छन् । हाल सम्म आधिकारिक जानकारीमा नभएता पनि ५० भन्दा वढी नेपालीहरु इजरायलबाट क्यानाडा प्रवेष गरेको अनुमान छ ।

क्यानाडामा सोंचेअनुसार पारिश्रमीक नभएको, ओभर टाइम सर्भिस नहुने, काम गर्ने ठाउँ र बस्ने ठाउँ सँगै नहुने, काम गर्न जानको लागि पायक नपर्ने, काम गर्ने ठाउँ सम्म जानको लागि भाडाको बस प्रयोग गर्नु पर्ने, कोठा भाडा तिर्नु पर्ने, र प्रत्येक महिनामा हुने आम्दानी कर तिर्नुपर्ने, यी विविध कुराहरुले गर्दा त्यत्रो रकम तिरेर आउनुको कुनै औचित्य नभएको क्यानाडामा पुगेका नेपालीहरुको भनाई छ । उनीहरुका अनुसार पारिश्रमीकको लागि क्यानाडा भन्दा इजरायल नै उपयुक्त भएको बताएका छन् । उता क्यानडामा कार्यरत नेपाली कामदारहरुको भनाई छ भने यता इजरायलबाट क्यानाडा पठाउने एजेन्टहरुले त्यहाँ गएर पि आर पाइन्छ भन्ने प्रलोभन देखाइ पैसा लिने गरेको पाइन्छ । तर क्यानडियन दुतावासमा क्यानडामा पुगेपछि पि आरका लागि आवेदन दिनेछैन भनि कागजपत्रमा हस्ताक्षर गराए पछि मात्र भिषा दिने गरेको पाइएको छ । हामी रोजगारको शिलशिलामा इजरायल आएका छौ पछि नेपाल फर्केर केही गरौं भन्ने विश्वास र अठोटका साथ इजरायल आएका हौं । किन यहाँबाट हामी क्यानडामा नौ देखि वाह्र तेह्र हजार अमेरिकन डलर तिरेर पलायन हुन्छौं ? के हामी अव नेपालमा गएर केही गर्ने अवश्था छैन र यसरी लाखौं रूपैयाँ खर्च गरेर क्यानडा लाग्नुपर्ने ? नेपाल र नेपालीको भविष्यका लागि पनि यो अति जरूरी बनेको छ । नेपाली एजेन्ट भनाउँदाहरू मोटाउने तर क्यानडा पुगेपनि कामको भार थपिने र कमाइ अझ कम रहने हुनाले यस्तो काम गर्नु दलालहरूलाइ आश्रय दिनु मात्र हो ।

source: www.nepalisreal.net
Read Full Entry

महिला त्रिmकेटमा नेपालको विजय यात्रा जारी

थाइल्याण्डमा जारी ए सि सि अन्डर १९ महिला त्रिmकेट प्रतियोगितामा नेपालको विजय यात्रा जारी छ । आज भएको अन्तिम लिग खेलमा नेपालले चीनलार्इ ६६ रनले पराजित गरेको छ । नेपालको यो लगातार छैठौ जित हो । पहिले टस जितेर चीनले फिल्डिङ्ग रोजेपछि ब्याटिङ्ग थालेको नेपालले २ विकेटको क्ष्ातिमा १ सय २८ रन बनाएको थियो । नेपालको एक सय २९ रनको लक्ष्य पाएको चीनले, निर्धारित सबै ओभर खेल्दै ७ विकेट गुमार्इ ६६ रनमा समेटिएपछि खेल नेपालको पक्ष्ामा गएको हो । नेपालले यस अघि नै समुह बि वाट ८ अंक बटुल्दै सेमिफाइनलको यात्रा तय गरिसकेको थियो । Read Full Entry

Friday, December 19, 2008

सीप सिकाऊ, काम हामी गर्छौं

बाँके/ फूलमाया नेपाली -३४), चार वर्षदेखि नेपालगन्ज कारागारमा बन्दीजीवन बिताउादैछिन् । उनका लोग्ने पनि काराबासमै छन् । । नाबालक दुई छोरा र एक छोरी सहाराविहीन भएर पनि घरमै बस्न विवश छन् । जीउ मास्ने बेच्ने मुद्दामा सजाय भोगिरहेको फूलमायादम्पती चाहेर पनि आफ्ना बालबच्चाको स्याहार गर्न सक्दैन । तर, उनीहरूको इच्छा छ- कारागारमै जीवन बिताउनुपरे पनि छोराछोरीको लालनपालन र पठनपाठनका लागि केही गर्न सकियोस् ।

यसका लागि केही सीपमूलक काम गरेर दुई-चार पैसा कमाएर बालबालिका पाल्ने उपाय खोज्न चाहन्छन् उनीहरू । तर, त्यस्तो अवसर छैन । फूलमाया भन्छिन्, 'आफू जेलमै बसे पनि छोराछोरीका लागि केही गर्न सके हुन्थ्यो ।' लामो समयदेखि क्षयरोगले ग्रसित फूलमाया नियमित औषधि खाइरहेकी छिन् ।
रुकुम लिउसेदीकी ४८ वषर्ीया खल्ला विक १० वर्षदेखि यही जेलमा छिन् । उनी ज्यानमुद्दाको सजाय खेप्दै छिन् । उनकै भनाइमा, मानसिक सन्तुलन खल्बलिएर आफ्नै लोग्ने मनसिंह विकको हत्या गरेकी हुन् उनले । उनका तीन छोरा र एक छोरी छन् । पूरै निरक्षर रहेकी विकले कारागारमा बस्दा आफ्नो नामसम्म लेख्न सिकेकी छिन् । उनी पनि सीप सिकेर दुई-चार पैसा आम्दानी हुने काम गर्ने पाए हुन्थ्यो भन्नेमा छिन् । 'दिन काट्नै गाह्रो हुन्छ, काम गरूा केही छैन, सीप पनि कसैले सिकाउादैन,' उनी भन्छिन्, 'हातमा केही सीप भए भोलि बाहिर निस्केपछि पनि सजिलो हुन्थ्यो, यहीा पनि दुई-चार पैसा कमाउन सकिन्थ्यो ।' कारागारको सजाय सकेर बाहिर निस्केपछि आफूलाई घरपरिवार र समाजले अपराधीको नजरले हेर्नेछन् भन्ने उनलाई थाहा छ । त्यसैले उनले आफ्नै घरमा पनि ठाउा नपाउन सक्छिन् । 'अहिले केही सीप सिकेा भने त्यसैले भोलिको जीवन चल्थ्यो उनी भन्छिन् ।'
बााके बैजापुरकी ३५ वषर्ीया रीता परियार तिनैमध्येकी एक हुन् । उनका चार छोरी र एक छोरा छन् । लोग्नेको हत्या गरेको अभियोगमा उनी तीन महिनादेखि बन्दपर्खालभित्र सजाय काट्दै छिन् । आफू र छोराछोरीलाई कुटेर हैरान पार्ने लोग्नेको प्रतिकार गर्दा उनको हातबाट लोग्ने मारिएका थिए । लामो समयदेखि पेटको रोगले ग्रस्त रीताले डेढवर्षे छोरी आफैंसाग राखेकी छिन्, तीन छोरी र एक छोरा दाङमा रहेकी ७५ वषर्ीया वृद्ध आमाको जिम्मामा छन् । उनीहरू कसरी बसेका छन्, केही थाहा छैन । 'लोग्नेलाई मारिहालेा, आफू जेलमा छु, ती टुहुराको हालत के होला ?,' गहभरि आासु पार्दै उनी भन्छिन्, 'हातमा केही सीप र काम भइदिए दुई-चार पैसा कमाएर उनीहरूको लालनपालन गर्न सकिन्थ्यो भन्ने लाग्छ ।'
लागूपदार्थ ओसारपसार गरेको अभियोगमा एक वर्षदेखि जेल बसिरहेकी छिन्- २८ वषर्ीया सीता साह । कारागारभित्र साथमै छन्, उनका दुई नाबालक छोरा । लोग्नेले छाडेपछि बिचल्लीमा परेकी उनी दाउरा बेचेर गुजारा गर्थिन्, त्यही बेला एकजना मानिसले उनलाई फकाइफुल्याई रु. १०० दिएर चरेसको प्याकेट बोकाइदियो । त्यहीबेला उनी पक्राउ परिन्, अदालतले २० हजार धरौटी माग्यो, तर तिर्न नसकेर जेल बस्न बाध्य छिन् । 'हातमा सीप र केही काम मिले धरौटी तिरेर बाहिर निस्कन्थें, छोराछोरीका लागि केही गर्थें,' उनी भन्छिन् '२० हजार तिर्न नसकेर म त जेलमै सड्ने भएा ।'
बर्दिया मोतीपुरकी इन्द्रा डाागी -४२), सात वर्षदेखि नेपालगन्ज कारागारमा जीउ मास्ने बेच्ने मुद्दाको सजाय काट्दै छिन् । बन्दपर्खालभित्रको लामो बन्दीजीवन अत्यासलाग्दो हुन्छ । केही कामै नगरीकन दिन काट्नु झनै कष्टकर हुन्छ । यस्तो अवस्थामा उनी कारागारभित्र हीनताबोध बोकेर बसेकी छिन् । केही सीप सिकेर उत्पादनशील काममा लाग्न पाए त्यसले बन्दी मात्रै होइन, सबैका लागि फाइदा हुने उनको बुझाइ छ । 'हाम्रो यत्रो जीवन त्यसै खेर गइरहेको छ,' उनी भन्छिन्, 'राज्यले हामीलाई केही सिकाएर फाइदा लिन सकोस्, त्यसले हाम्रो जीवनयापन पनि सजिलो हुन्थ्यो ।' 'कारगारमा धेरै आएर आशै मात्र देखाई फर्किए,' उनी भन्छिन् ।
कारागारको भौतिक अवस्था पनि दयनीय छ । शौचालय कैदी/बन्दीको क्षमताअनुसार छैन, त्यसकै पनि सेफ्टीट्याङ्की फुटेर दुर्गन्धले बसिनसक्नुु हुन्छ । बन्दीलाई अपराधीकै नजरले मात्रै हेरिने भएकाले पनि उनीहरूले भोगिरहेका समस्यामा कारागार प्रशासनले चासो नदिने गरेको गुनासो छ उनको । 'हामीलाई राम्रो व्यवहार गरिादैन,' इन्द्रा भन्छिन् ।
घरेलु हिंसाको मुद्दामा काराबासको सजाय भोगिरहेकी नेपालगन्ज-८ की ५० वषर्ीया रुक्साना इदि्रसी तथा जीउ मास्ने बेच्ने मुद्दाकी अभियुक्त रुकुमकी ३७ वषर्ीया यदु गिरी पनि केही काम पाए हुन्थ्यो भन्ने याचना गर्छन् । तीन वर्षदेखि कारागारमा रहेकी गिरीका तीन छोरी र दुई छोरा छन्, तर उनीहरू कसरी बााचेका छन् थाहा छैन । छोराछोरीसाग टाढा हुनुको पीडा त छादै छ, उनीहरूको लालनपालनको चिन्ताले झनै सताउने गर्दछ- उनी भन्छिन् ।
नेपालगन्ज कारागारमा बाजुरा, रुकुम, बर्दिया, धादिङ, मकवानपुर, दाङ, सुर्खेत, दैलेख, जाजरकोटलगायतका कैदी र बन्दी छन् । दुई सय ५० जना बन्दी/कैदीमध्ये १९ जना महिला छन् । पुरुषको तुलनामा महिला बढी समस्याग्रस्त छन्, किनभने कोही बालबच्चा च्यापेरै कारागार आएका छन् । कानुनको नजरमा उनीहरू दोषी होलान्, उनीहरूले अपराध पनि गरेकै होलान् । त्यसको सजाय उनीहरूले कारागारमै काटिरहेका छन् । तर, त्योसागसागै जीविकोपार्जन र बालबच्चाको लालनपालनसागै कारागारबाट निस्किसकेपछि गुजाराको उपायका लागि सीप सिकेर केही गर्ने उनीहरूको धोको नाजायज होइन । किनभने जेल सजाय काट्ने थलोमात्रै होइन, सुधारगृह पनि हो । कारागार प्रमुख खडकबहादुर गोसाई कारागार प्रशासनले सकेसम्म बन्दीहरूलाई सुविधा दिने गरेको बताउादै भन्छन्, 'हाम्रो क्षमताले जतिसम्म सक्छ, त्यति सुविधा दिएकै छौं ।' तर, बन्दीहरू यसलाई स्विकार्दैनन् । उनीहरू भन्छन्, 'हामीले बारम्बार केही सीप सिकाऊ, काम देऊ भन्दा कसैले सुन्दैन ।'
दीपा आले
सञ्चारिका फिचर सेवा /सञ्चारिका समूह
Read Full Entry

सन्तान नै पराई भएपछि

बाके/ ६८ वषर्ीया विष्णुकुमारी श्रेष्ठको बुढेसकालको सहारा भएको छ वृद्धाश्रम । सिद्धार्थ टोलमा रहेको वृद्धाश्रम नभएको भए उनी यतिबेला कहाा भौातारिादै हुन्थिन्, कसैलाई थाहा छैन । बस्ने बास र खाने गााससमेत जोहो गर्न नसक्ने उमेरमा उनलाई रोगले पनि सताएको छ । उनी लामो समयदेखि अल्सरबाट पीडित छिन् । ४ वर्षदेखि वृद्धाश्रममा बस्दै आएकी उनलाई आश्रय त मिलेको छ तर रोगबाट मुक्त हुने उपाय भने छैन ।

बुढेसकालमा आफन्त र सन्तानको स्याहार चाहिनेबेला वृद्धाश्रममा दिन काट्न बाध्य विष्णुको विगत पनि सुखद थिएन । बर्दियाको गुलरिया नगरपालिका तुल्सीपुरका ओमकुमार श्रेष्ठसाग उनको बिहे भएको थियो । विवाहपछि सन्तान नभएको भन्दै लोग्नेले उनलाई छाडेर दोस्रो बिहे गरे । त्यसपछि लोग्ने र सौता मिलेर कुटपिटसमेत गर्न थाले । सधैं पाइरहने शारीरिक र मानसिक यातनाले थलिएपछि अन्त्यमा नगरपालिकाले वृद्धाश्रममा बस्नका लागि सिफारिस गरिदियो । उनी गहभरि आासु पार्दै भन्छिन्, 'भाग्य नै यस्तै रहेछ, अब सोचेर के गर्नु ?'
उनी आश्रममा बसेको माइतीलाई पनि थाहा छैन किनभने पोखरामा रहेका माइतीले उनको सोधखोज नगरेको दशकौं भइसक्यो । एक्ली छोरी भएकीले मामाको छोराले सम्पत्ति खान उनको बिहे गराएका रहेछन् । अहिले मामाको छोराले आफ्नो सम्पत्ति खाएको उनी बताउाछिन् । लोग्नेबाट पनि उनले सम्पत्ति पाइनन्, बरु घरबाट निकाल्न थुप्रै शारीरिक र मानसिक यातना दिए । बुढेसकालमा रोगी शरीर लिएर वृद्धाश्रमको सहारामा आएकी उनी भन्छिन्, 'यस्तो जिन्दगी कसैको नहोस् ।'
उमेरले ८४ वर्ष पुगिसकेकी लुरकुमारी शाहको कथाव्यथा पनि विष्णुकै जस्तो कारुणिक छ । काठमाडौं बत्तिसपुतलीकी लुरकुमारीका तीन छोरा र तीन छोरी थिए । तर, सबै छोरीको सानैमा मृत्यु भयो । छोरामध्ये जेठोचाहिा अपाङ्ग थिए । तर, अरू छोराहरूले पनि उनलाई हेला गर्न थाले । केही उपाय नलागेपछि वृद्धाश्रममा आउनुपरेको दुःखेसो सुनाउाछिन् उनी । सम्पन्न परिवारको भए पनि उनलाई परिस्थितिले बुढेसकालमा वृद्धाश्रम पुर्‍याइदियो, अपाङ्ग छोरा भने उनीसागै छन् । ती छोरासमेत ६५ वर्ष पुगिसके, उनी आफैंलाई मुटुको रोगले छोएको २३ वर्ष भयो । चिकित्सकले अब उपचार सम्भव नभएको भनेका छन् । त्यसैले उनीसाग भगवान् पुकार्नुभन्दा अर्को विकल्प छैन । 'सम्पत्ति भनेकै यही अपाङ्ग छोरो हो, कहिले त बााच्नै दिक्क लागेर आउाछ ।'
घर र आफन्तले लखेटेका वृद्धवृद्धाले बुढेसकालमा वृद्धाश्रममा ओत लाग्न त पाउाछन् तर, उनीहरू यहाा पनि रमाउन सकेका छ्रैनन् । जनकपुरकी ७० वषर्ीया तोरणदेवी रेग्मी नेपालगञ्जको वृद्धाश्रममा बसेको चार वर्ष पुग्यो । उनी बालविधवा हुन्, आठ वर्षको छादा बिहे भए पनि त्यसको एक महिनापछि नै लोग्नेको मृत्यु भएको रहेछ । लोग्नेको नामसमेत थाहा नभएको उनी बताउाछिन् । लोग्ने पनि नभएपछि उनले मावलीतर्फकी दिदीको घरमा बसेर काम गरिन् । शरीरमा बल हुादासम्म मामाकी छोरीले राखिन् । तर, काम गर्न नसक्ने भएपछि वृद्धाश्रम पठाइदिइन् । अहिले त उनका हातखुट्टा पनि राम्रोसाग चल्दैनन् । वृद्धवृद्धाका लागि केही नगर्ने सरकारसाग उनको दुःखेसो छ । भन्छिन्, 'हामीजस्ता मर्न लागेकालाई दुई छाक खाने र ओत लाग्ने बासको व्यवस्थासम्म गरिदिए हुन्थ्यो ।'
७४ वषर्ीय भवानीप्रसाद सुवेदीले बुढेसकालमा आश्रमकै सहारा लिएका छन् । बर्दिया पदनाहाका सुवेदीले आफ्नै छोराबुहारीले समेत कुटपिट गरेको आरोप लगाए । छोराबुहारीको यातनाबाट जोगिन अन्त्यमा उनले बुढेसकालमा वृद्धाश्रम नै रोजे । उनी भन्छन्, 'म बसेर छोराबुहारीलाई गाह्रो भनेर घरै छोडिदिएा ।' आफ्नो भागमा परेको १० कठ्ठा जग्गा उनले आश्रमलाई दिने निधो गरेका छन् ।
सिङ्गो जिन्दगी सन्तानकै सुख-समृद्धिका लागि बिताएका बूढाबूढीहरू बुढेसकालमा आएर सहाराविहीन बन्ने गर्दछन् । छोराछोरी हुर्केपछि बुढेसकालको सहारा बन्लान् भन्ने सपना आशैआशमा बित्छ । शरीरमा बल रहुन्जेल सबैले माया गर्छन्, रगत सकिएर हातपाखुरा नचल्ने भएपछि आफ्नै सन्तानले हेला गर्न थाल्छन् र वृद्धाश्रम खोज्दै हिाड्नुको विकल्प रहादैन । धेरैजसो वृद्धवृद्धाले भोगिरहेको यथार्थ हो यो । नेपालगञ्जको भेरी वृद्ध तथा असहाय सेवा केन्द्रका छायादत्त शर्मा आफ्नै सन्तानले हेला गर्न थालेपछि धेरैजना वृद्धाश्रममा आउने गरेको बताउाछन् । २०५३ सालदेखि खुलेको उक्त आश्रममा आउने अधिकांश ६५ वर्षमाथिका हुन्छन् । धेरैजसोको मृत्यु वृद्धाश्रममै हुन्छ, दाहसंस्कार पनि आश्रमले नै गरिदिन्छ । सन्तानलाई थाहै नदिई आउने वृद्धवृद्धा परिवारबाट लिन आएमा घर र्फकन्छन् तर, यस्तो सङ्ख्या एकदमै न्यून छ ।
यो आश्रममा काठमाडौं, जनकपुर, पोखरालगायत टाढाटाढाबाट वृद्धवृद्धा आएका छन् । तर, वृद्धवृद्धालाई चाहिने सुविधा भने छैन यहाा । स्रोत अभावले चाहेजति सेवा दिन नसकिएको बताउादै शर्मा भन्छन्, 'सरकार, सङ्घसंस्था कसैले पनि सहयोग गर्ने चासो देखाउादैनन्, आश्रम चलाउन धेरै गाह्रो छ ।'
'डुब्न लागेको घाम' भन्दै वृद्धवृद्धालाई बुढेसकालमा शारीरिक र मानसिक यातना दिने काम परिवारबाटै हुन्छ । त्यसैले यो उमेरमा पनि उनीहरू मर्नु न बााच्नुको जिन्दगी जिउन बाध्य हुन्छन् । केन्द्रका अध्यक्ष युवराज शर्मा परिवारले तिरस्कार गरेका वृद्धवृद्धाका लागि सरकार र सङ्घसंस्थाहरू पनि चिन्तित नबनेको आरोप लगाउाछन् । ज्येष्ठ नागरिकका लागि सकेजति पहल गर्ने, उनीहरूको सम्मानका लागि टोलटोलमा ज्येष्ठ नागरिक क्लब गठन गर्ने, समस्या समाधानको उपाय पहिल्याउनेजस्ता कार्यक्रम ल्याउने उनको योजना छ । तर, स्रोत अभावमा यी सबै योजनामै सीमित छन् । उनी भन्छन्, 'सुरुमा घर बहालमा लिएर आश्रम सुरु गर्‍यौं, अहिले भारत सरकारले सातकोठे भवन बनाइदिादै छ, अन्य सङ्घसंस्थाले पनि सहयोग गरिदिए हुन्थ्यो ।'
परिवारले तिरस्कार गरे पनि आश्रममा बस्ने वृद्धवृद्धाले बुढेसकालमा कमसेकम सहारासम्म त पाएका छन् । उनीहरूले वर्षमा दुई-तीनपल्ट तीर्थयात्रा, भजनकीर्तनको अवसर पनि पाउाछन् ।
कतिपयलाई आश्रमले नै वृद्धभत्ताका लागि पहलसमेत गरिदिन्छ । तर, धेरैजसो वृद्धवृद्धाको पहुाच आश्रमसम्म पनि पुग्न सकेको छैन । आश्रमको सहारा पाएकाको त यो विजोग छ भने घरबाट बिदा गरिएका तर कहीा सहारा नपाएका वृद्धवृद्धाको अवस्था कस्तो होला, सहजै अनुमान गर्न सकिन्छ । यस्ता वृद्धवृद्धाका लागि सरकार र सङ्घसंस्थाको ध्यान कहिले पुग्ला ?

दीपा आले
सञ्चारिका लेखमाला/सञ्चारिका समूह
Read Full Entry

बँकेको खेलक्ष्ाेत्र निरासाजनक चरणमा

नेपालगञ्जको खेलकुद क्ष्ाेत्र दिनदिदै खस्किदै गइरहेको छ । केही समय अगाडि बाँकेको खेलकुदले देशमा नाम कमाउन सफल भएको थियो । त्यति बेलाको वातावरण हेर्ने हो भने बाँकेको खेलाडीहरुसँग खेल्नसमेत पछि हट्थे । केही वर्षयता खेलकुदको अवस्था दयनीयरुपमा गुजि्रएको छ । लामो समयदेखि राष्ट्रिय खेलकुद पनि हुन सकिरहेको छैन ।

२०५२ सालदेखि देशमा द्वन्द्व उत्पन्न भए लगत्तै बाँकेमा खेलकुद रोकिने क्रम जारी थियो । तर पनि २०५४ सालमा राष्ट्रिय स्तरको खेल सम्पन्न भयो । त्यसपछि लगतै देशमा द्वन्द्वले चरम रुप
लियो । त्यसको कारणले बाँकेको खेलकुद क्षेत्र फस्टाउन सकेन । त्यसपछि बाँकेको खेलक्षेत्र पहिलाको अवस्थामा उठ्न सकेको छैन ।
के खोज्छ काना भनेझैं खेलकुद खेलाउने प्रशिक्षकहरु बिच त भन्दा म के कम भन्ने अहंम भावनाले झनै खेलकुद क्षेत्रमा ह्रास ल्यायो छ । प्रशिक्षक बिचमा आपसी मेलमिलाप हुन नसक्दा खेल अगाडि बढ्न नसक्नुको मुख्य कारण बन्न गएको हो । खेलक्षेत्र किन पछाडि पर्‍यो त्यसको बारेमा बुझ्नुको साटो झनै खेलाडीका नाममा आएका रकम असुल्ने काम केही प्रशिक्षकले गरिएको छ । यस्ता कुरा खेलाडीले मात्र होइन जिम्मेवार प्रशिक्षकले समेत थाहा पाएकै हो । तर कानमा तेल हालेर बसेका छन् त्यस्ता भष्ट्र प्रशिक्षकलाई कारवाही गर्न न त सम्बन्धित पक्षले पहल गरेको छ न त खेलाडीले नै गर्न सकेको छ । नेपालगञ्जको खेलकुद क्षेत्रभित्र यस्तै भ्रष्टव्यक्ति हुने हो भने कहिल्यै विकास सम्भव छैन ।
खेलकुद क्षेत्रभित्र मात्र होइन हरेक तह राजनैतिक, आर्थिक, सामाजिक, नैतिक, शैक्षिक, प्रशासनिक भित्र काम गर्ने कुनै न कुनै भष्ट्र व्यक्तिले गर्दा काममा बाधा पुर्‍याई रहेको छ ।
खेलकुद क्षेत्रमै लागेर आफ्नो केरियर बनाउने सपना बोकेर आएका नयाँ खेलाडीको भविष्य अन्यौल छ । नयाँ खेलाडी मात्र होइन राष्ट्रीयस्तरमै राम्रो खेल खेलेर नाम कमाएका खेलाडीको भविष्य समेत अन्धकारमै छ । सरकारले खेलाडीका नाममा पठाइएका रकम र सामाग्रीको बारेमा खेलाडीलाई समेत जानकारी गरिदैन् । कतिपय राम्रो खेलाडीहरु आर्थिक अवस्था कमजोर हुन्छन् त्यस्ताका लागि आर्थिकको व्यवस्था छैन । भएपनि सम्बन्धित पक्षले भित्रभित्रै कुम्लाउने गर्छन् । कोचहरु बिचको झगडाले गर्दा खेलाडीहरुलाई समेत हेप्ने होच्याउने काम भइरहेको छ । खेलाडीहरुलाई हौसला, प्रेरणा दिनु त परै जावस् आर्थिकको के कुरा गर्ने । यसरी नै गुजि्रएको छ नेपालगञ्जको खेलकुद क्षेत्र । त्यसको बारेमा सोच्ने फुर्सद कसैलाई छैन ।
मानिस स्वार्थी हुन्छ । उसलाई थाहा हुँदैन आफूले गलत गरेको छु या ठिक तर अरुको अगाडि आफूलाई आदर्शवान ठान्छ । अरुले तपाई भनोस् या नभनोस् तर आफूलाई मपाई भन्ने मान्छेहरु धेरै छन् । त्यसकारण यो समाजमा राम्रा काम गर्ने व्यक्ति कमै भेटिन्छन् । यदि भेटिएपनि स्वार्थी र भ्रष्ट्र व्यक्तिहरुले उसलाई यो समाजमा काम गरेर खान दिर्दैनन् । यस्तो प्रवृतिले समाज र खेल क्षेत्रलाई पनि प्रभावित गरिरहेको छ ।
देशमा नेपाली जनताले चाहेको शान्ति भित्रिसक्यो तर बाँकेको खेलकुदको स्तरले फड्को पार्न सकेको छैन । खेलाडीहरु खेल्ने रंगशालामा लामा घाँस र धान उम्रेका छन् । कतै घाँस कतै खल्टाखुल्टी छ । खेलकुद खेल्ने रंगशालामा खेलाडीको घुईचो होइन चौपयाहरु भेटिन्छन् । लाग्छ लगनपछिको पोतेझै भएको छ रंगशाला मैदान, जहाँ खेलाडी विना उजाड मरुभूमि जस्तै देखिन्छ । खेलाडीका लागि बनाइएका खेल मैदान र हलहरु धमिरा, माकुरा, चौपयाले घर बनाई सके । अझ कबडहलको त के कुरा गर्ने दिउँसै भूतहा घर जस्तो देखिन्छ । रंगशाला मैदान र हलको हेरचाह र मर्मत गर्नको लागि सम्बन्धित पक्षको ध्यान गएको छैन ।
यसरी नै बाँकेको खेलकुद क्षेत्र खस्किदै जाने हो भने भविष्य कस्तो होला यसतर्फ सोच्नु पर्ने हो कि ? जिम्मेवारी व्यक्तिहरु ल्ागायत सम्बन्धित पक्ष, संघसंस्था र स्वयम् सरकारको मुख्य भूमिका हुन्छ । बाँकेको खेलकुदले पहिलाको प्रशिक्षक र खेलाडीले जस्तो कमाएको नाम कमाउन फेरी कडा मेहनत गर्नुपर्छ होइन भने खेलकदु क्ष्ाेत्र धरासयी हुनेछ ।
दीपा आले/बाँके
Read Full Entry

म्ाहिलामाथि हुने सबै खाले हिंसा रोकौं

"जहिले पनि जहाा पनि काम गर्नु पर्‍यो भने सबै भन्दा पहिले हामीनै डाकिन्छौ, तर फल टिप्दा हामी सबैभन्दा पछि परेका हुन्छौ । कसले हाम्रो वास्ता गरेको छ ? त्यसले हाम्रो लागि के गरेको छ ? के हामी साग मान्छे जस्तो ब्यवहार गर्छन ? माक्सिन र्गोकीले एउटा मजदुुरको वास्तविक जीवन कथा यसरी लेखेका छन् ।

एउटा मजदुरगरी पेट पाल्ने ब्यक्तिमाथि उसको मालिकले गरेको अन्याय अत्याचार र एउटा महिलालाई आफ्नै घर भित्र पशुसरह ब्यवहार गरी घरेलु हिंसा गरेको कथा जसले त्यो पीडा भोक्छ उसलाई थाहा हुन्छ ।
हृाम्रो समाजमा दिन प्रति दिन महिलामाथि हुने घरेलु हिंसा तिव्ररुपमा बढ्दै गईरहेको छ । घरभित्र परिवारले महिलमाथि अन्याय, अत्याचार लगायत शारीरिक, मानसिक, आर्थिक वा यौनजन्य दुव्र्यवहार गर्दै आईरहेको छ । शिक्षा र चेतनाको लहर हाम्रो समाजमा फैलिए पनि त्यसको असरले महिलाका समस्यालाई अन्त्य गर्न सकेको छैन ।
युग परिर्वतन भईरहेको छ दिनदिदै महिलामाथि विभिन्न खाले घटनाहरु घटिरहेको छ । प्राचिन काल देखि नै अहिलेका महिलाहरुले घरेलुहिंसाको शिकार हुादै आईरहेका छन् । युग परिवर्तनसागै महिलामाथि हुने सबैखाले हिंसालाई अन्त्य गर्नेकोलागि बनाएका कानुन मात्र कागजको खोस्टोमा सिमित रहेको छ भने अर्कोतिर महिलाकालागि बनाइएका कानुन फितलो र ब्यवहारीक रुपमा कार्यान्वयन भएको छैन ।
विभिन्न संघ संस्थाहरुले सर्वे गरे अनुसार बढी भन्दा बढी घरेलुहिंसा आफ्नै घर भएको बताउाछन् । हाम्रो समाजमा घरलाई एउटा पवित्र मन्दिर मान्छन् भने परिवारलाई दुःखसुखको साथी तर यसको उल्टो स्थापित हुन गएको छ ।
आजको २१ औं शताब्दीमा पनि महिलाहरु आफू स्वयम आत्मनिर्भर हुन सकेका छ्रैनन् । आर्थिक पक्ष कमजोर हुनाले परिवार र श्रीमानको भर पर्नुले पनि महिलाहरु बढी घरेलु हिंसामा परेका छन् । समाजमा विभिन्न हिंसात्मक कार्यका रुप देखा परेका छन् । श्रीमान्ले मदिरा सेवन गरी कुटपीट गर्नु, छोरा नजन्मेमा गाली गर्नु, दोस्रो विवाह गर्नु, बोक्सीको उपनाम दिनु र दाइजोको कारण श्रीमतिलाई मार्ने प्रयास गर्नु, प्रजनन् अधिकारको ख्याल नगर्नु, महिनावारी हुादा छाउपडी प्रथा जनावरलाई जस्तै ब्यवहार गर्नु, श्रीमतीको राहसल्लाह नलिकन घर ब्यवहारको कुरा गर्नु महिलाको चरित्र हत्या गर्नु, वैवाहिक बलात्कार वा यौनजन्य हिंसा गर्नु घरको अरु सदस्यले यौन दुव्र्यवाहर गर्नु खोज्नु नराम्रो बचन लगाउनु,छोरा छोरीमा भेदभाव गर्नु लगायत महिलाहरु बढी आफ्नै श्रीमान बाट नै मारिने र अङ्गभङग हुने गरेको पीडित पक्षले बताउने गरेका छन् ।
यस्ता विभिन्न हिंसात्मक घटनालाई खेप्दै महिला बााच्न बाध्य छन् । शारीरिक यातना, मानसिक यातना, यौनजन्य यातना, आर्थिक यातना र सांस्कृति र सामाजिक यातना जस्ता घरेलु हिंसामा महिलाहरु शिकार बनिरहेका छन् । यस्ता घरेलु हिंसालाई रोक्न सरकारले बनाएको कानुनले महिलालाई न्याय दिन सकेको छैन ।
हाम्रो समाज पितृ सत्तात्मक चिन्तन बोकेर हिड्नाले पनि महिलाको लागि दह्रो कानुन बन्न सकेको छैन । बनेका कानुन ब्यवहारमा लागु हुन सकेको छैन त्यस कारण पनि लैङगिक विभेद र कानुनी विभेद जस्ता कुरा लगायत महिलाको उत्पादकिय श्रमशक्ति,महिलाको प्रजनन अधिकार, आर्थिक श्रोत तथा सम्पत्तिमाथिको अधिकार जस्ता विषयमा महिलाको पहुाच नहुनाले महिलाहरु कुवां भित्रको भ्यागुतो बन्नु परेको छ । महिलाले पाउनु पर्ने सम्पत्तिको अधिकार बाट बञ्चित भई शिक्षा, स्वास्थ्य र आर्थिक श्रोत परिचालनमा न्युन छ ।
यसरी सरसर्ती महिलामाथि हुने हिंसा यसरी बुझ्न सकिन्छ । किन हुन्छन् त ? यसको बारेमा बुझ्दा पीडिकहरु यसरी बताउाछन् । शिक्षाको कमी,गरिबीको कारण, चेतनाको कमीले गर्दा,सीपमुलक ज्ञान नहुादा महिलालाई मनोञ्जनको साधनको रुपमा हेर्ने दृष्टि बेरोजगारी, लैङ्िगक असमानता, महिलालाई एक पूर्ण मानवको रुपमा नहेर्नु, महिला भनेर हेला गर्नु, पितृसत्तात्मक सोंच भएर सामाजिक,आर्थिक,राजनैतिक, नागरिक शैक्षिक रुपले महिला पुरुष भन्दा पछाडी हुनाले महिलाहरु यसरी हिंसामा परेका रहेछन. ।
पितृसात्मक समाजले महिलामाथि गरेका हिंसाले गर्दा महिलाहरु अगाडी बढ्न सकेका छैनन् । हरेक क्षेत्रमा पूरुषहरु नै अगाडी छन् । पूरुषसरह महिलापनि पाउनु पर्ने सुविधा पाएमा महिला पनि गर्न नसक्ने काम केही छैन तर समाज परम्परादेखि झगडीएको पुरुषवादी चिन्तनले गर्दा महिलाहरु पछाडी परेका छन् । कृषि पेशामा मात्र महिलाहरु ८५ प्रतिशत भने अन्य क्षेत्रमा महिलाहरुको संख्या न्युन छन् । अझ नीति निर्माण, न्यायाधीश, प्रजिअ, राजदुत, संवैधानिक निकायको प्रमुख वा सदस्यहरु घरमाथिको स्वामित्व, गाउाविकास समिति, जिल्ला विकास समिति, कानुन ब्यवसायी, मन्त्री परिषद, प्रतिनिधिसभामा महिलाको पहुाच न्युन भएको एक तत्याङ्कले बताउाछ ।
घरेलुहिंसाकै कारणले गर्दा महिलाहरु कति बेचिएका छन् लाखौ महिलाहरु भारतको कोठीमा छन् भने रोजगारका लागि विदेश गएका महिलाहरु काम गर्ने ठाउा मै घरेलु हिंसा भोक्न बाध्य छन् । कतिपय नेपाली महिलाहरु आफ्नै घरपरिवारमा अन्याय अत्याचार सहेर बस्न परेको छ । महिलाले जति नै राम्रो काम गरेपनि त्यसको स्याबासी पितृसत्तात्मक चिन्तन बोकेकाले पाउाछन् । नेपाली महिलाहरु यसरी हिंसात्मक घटनामा पिल्सीदा पनि नेपालको कानूनले टुलुटुलु हेर्ने काम गरिरहेको छ । एउटा महिला अफ्ठयारोमा परेर कानुनको आवश्यकता पर्दा झनै कानुनले वास्तविकता नबुझी महिलालाई नै दोष लगाउने गर्दछ । यसको बावबुद पनि नेपालको कानुनले हाल आएर जनआन्दोलन भाग दुई पछि मुलुकले नयाा मोड लिएको छ । पिछडिएको वर्गलाई समेटिएको छ । अधिकार नपाउनेलाई अधिकारको ब्यवस्थ ागर्न क्रमजारी छ । अल्पसंख्य जाति, जनजाति, दलित मुस्लीम, मधेसी जसले हजारौ वर्ष देखि अन्धकारमा जीवन बिताउन बाध्य थिए । आज आएर नयाा नेपालको अनुहार हेर्न सक्ने भएका छन् आफ्ना हक अधिकारका कुरा गर्न सक्ने भएका छन् । दमित र हेपहा भएर घर भित्र बस्न बाध्य महिलाहरु आफ्नो हक अधिकारको लागि राज्यसाग वार्ता गर्दै कानुन बनाउन पहल गर्न सक्ने भएका छन् । महिला मुुक्ति र घरेलु हिंसा नियन्त्रण गर्न कडा कानुन बनाउन लागि परेका छन् । यही नै महिलाहरुको लागि ठूलो कुरो हो यसमा सम्पूर्ण महिलाहरुको एउटै आवाज हुनुपर्छ ताकि नेपालको महिला मात्र होइन विश्वभरि घरेलु हिंसामा खेप्दै आएका महिलाहरुको आवाज एक हुनुपर्छ आफ्नो हक अधिकार प्राप्त गर्न अबको महिला पछाडी पर्नु हुन्न जनआन्दोलन भाग दुईले सिकाएको सफलतालाई बुझेर अफना् अधिकार प्राप्त गर्न एकजुट भई आन्दोलन गर्नुपर्छ ।
दीपा आले /बााके
Read Full Entry

संविधानमै पुरुष सरह महिलाले स्थान पाउनुपर्दछ

नेपालको जन्म भएतापनि, देशमा जनताले चाहेको लोकतान्त्रिक गणतन्त्र भित्रीएतापनि, आधा आकाश ढाकेका महिलाहरुलाई आजसम्म पुरुषपधान समाजलेअङ्कुश लगाईरहेको छ । जसरी घोडालाई लगाम लगाउने गरिन्छ त्यसरी नै महिलाहरुका हरेक क्रियाकलापमा पुरुषवादी मेसिनको पयोग हुादै आएको छ ।पाचीनकालदेखि नै अधिकारको कुरा गर्ने हो भने महिला र पुरुषमा धेरै भिन्नता पाईन्छ । सृष्टिको सुरुवात सागै महिला र पुरुषको जन्म भएतापनि जति पुरुषले मानसम्मान पाउाछन् यो समाजमा त्यति महिलाले पाउन सकिराखेका छैनन ।

पुरुषवादको हेकममा रुमलिएको यो समाजमा महिलाहरु अझै दमित अवस्थामा छन् ।युग तथा समाजमा परिवर्तन आए पनि महिलाहरु आफ्ना हकअधिकारदेखि बञ्चित छन् । महिलाको आवाजलाई एउटा कागजको खोस्टोमा मात्र सीमित राखेको छ यस पुरुषवादी समाजमा । महिला हक अधिकार र स्वतन्त्रतालाई रङ्गमञ्चको भाषणमा सीमित राखेका छन् । समयले कोल्टो फेरिसक्दा पनि महिला पति दमन गर्नु कहाासम्मको न्याय हो र पूरुषपधान समाजको खोक्रा भाषण र कागजमा मात्र भन्ने गरेको हकअधिकारको कुरा ब्यवहारमा लागु गरेका छैनन् ।लामो समय लगाएर भएपनि देशमा लोकतन्त्र भित्रिएको छ । लोकतन्त्र भित्र्याउन महिलाहरुले पनि अगेणी भुमिका खेलेका हुन् । जसरी महाभारतको लडाईमा हजारौं ब्यक्तिले ज्यान गुमाए त्यसरी नै नेपालमा लोकतन्त्र ल्याउन त्यो भन्दा कम भूमिका त थिएन । कति महिलाहरु लोकतन्त्रको आन्दोलनमा आफ्नो पाणलाई आहुती दिन पछि परेनन् । यदि पुरुषले मात्र लोकतन्त्र ल्याउन कम्मर कसेका भए यो देशमा कहिल्यै लोकतन्त्र भित्रिने थिएन होला । पुरुष र महिलाको सहयोग र योगदानले गर्दा आम नेपालीले चाहेको, रोजेको र खोजेको लोकतन्त्र जन्मिएको हो । पुरुषले गर्ने हरेक क्रियाकलापमा महिलाको नै अंगेणी भूमिका हुने गर्दछ । महिलाका कार्यकौशल र वृुद्धिविवेकले नै पुरुषले गर्न नसक्ने कार्य पनि महिलाले गरेर पुरुषको शिर ठाडो पारेका पनि छन् । तर पूरुषले कहिले पनि त्यो भावना आफू भित्र जगाउन सकेनन् । विडम्वना । त्यसै कारणले गर्दा महिलाहरु अझै चुलो चौकोबाट माथि उठ्न सकिरहेका छैनन् । पूरुषको दृष्टिमा आजपनि महिलाहरु अशिक्षित, कमजोर, असक्षम र कायर भएको ठान्छन् ।महिलाहरु घरभित्र मात्र हैन, देशमा जस्तो सुकै सङ्कट आईपरेपनि कम्मर कसेर आन्दोलनमा उत्रिन पछि पर्दैनन् । मुलुक जब निरङ्कुतामा लादिएको बेला महिलाहरुले शसक्त रुपमा नेतृत्व गरेर निरङ्कुशतालाई परास्त गरेका थिए । महिलाहरुको यस आन्दोलनको मूल्याङ्कन नभई पुरुषवादलाई नै उचाईमा पुर्‍यायो तर महिला जहिले पनि दोसो दर्जामै रहनु परेको छ । पुरुषवादी चिन्तन बोकेको समाजले महिलाहरुलाई सधैं पछाडि राख्ने काम मात्र गरेका छन् । देशमाभएका ठूल-ठूला घटना र संङ्कटमा महिलाको सहयोग र योगदान भए पनि राज्य राज्यभार सञ्चालन गर्न महिलालाई कहिल्यै आवश्यक ठानेनन् । यसरी सर्सरती हेर्दा अझै पनि महिलालाई कमजोर ठान्ने मानसिकता पुरुषहरुमा रहेको छ ।अझ पार्टीगत हिसाबले महिलाको वास्तविक हकअधिकार हेर्ने हो भने झनै न्यून छ । महिलाहरु जुनसुकै पार्टीमा आस्था राखोस् त्यो आफ्नो व्यक्तिगत विचारमा भर पर्छ तर वास्तवमै भन्ने हो भने अहिलेसम्म पार्टीमा लागेका महिलाहरुलाई हकअधिकार दिन कन्जुसाई गरेका छन् । पार्टीको आस्था राखेर दिनरात खटिएका महिलाहरु धेरै छन् तर त्यसको बदलामा के पाउाछन् त महिलाहरुले कमजोर, अशिक्षित र असक्षम यस्तै मानसिकता बोकेका पुरुषवादी चिन्तनको कारणले गर्दा आजसम्म नेपाली कांगेसभित्र पनि धेरै सक्रिय महिलाहरु पछाडि परेका छन् । शिक्षा र सीपले अगाडि भएतापनि पार्टीले महिला भनि हेप्ने पवृतिले र महिला भनि कमजोर ठान्ने पुरषवादी संकुचित चिन्तनले महिलाहरु अगाडि बढ्न नसक्नुको मुख्य कारण हो । आफ्नो फाईदाका लागि जस्तोसुकै जोखिमपूर्ण काममा पार्टीले खटाउने गर्दछन् भने हकअधिकार र नाम पाउने बेला महिलालाई पछाडि फ्याक्ने गर्दछन् । वास्तवमै भन्ने हो भने महिलापति पार्टी गम्भीर ध्याकर्षण हुनु पर्ने हो तर हुन सकेको छैन । पुरुषवादी चिन्तन बोकेको यो समाजले कहाा महिलाका बारेमा सोच्न भ्याउाछन् ।नेपाली कांगेसभित्र मात्र होइन अन्य अरु पार्टीमा आस्था राख्ने र सक्रिय भएर लाग्ने पुरुष र महिला बिच धेरै भिन्नता पाईन्छ ।पुरुषलाई अगेणीपंक्तिमा राख्ने गर्दछन् भने महिलालाई सधैं तल्लोस्थानमा राख्ने गर्छन् । वास्तवमै महिलालाई कति कमजोर ठानेका छन् भनेर हेर्ने हो भनेे तथ्यांकले पष्ट बताउाछ । सबै भन्दा बलियो शक्तिको रुपमा रहेको राजनैतिकपार्टीले महिलालाई यसरी पछाडि पार्छ भने अन्य क्षेत्रको त के कुरा गरि साध्य हुन्थ्यो ।तर जे होस् २०५२ सालदेखि माओवादी जनयुद्ध सञ्चालन भएदेखि क्रमिक रुपले महिलाहरुको फौजी, राजनीतिक, शैक्षिक, सांस्कृतिक, सामाजिक र पशासनिक जस्ता हरेक क्षेत्रमा सचेत ढङ्गबाट सहभागीता बढ्दै आएको हामी सक्षम थाहा भएकै कुरो हो । महिला पुरुष भन्दा असक्षम छन् भन्ने मानसिकतालाई माओवादीको फौजी कारवाहीमा महिला नेतृत्वले पाएको सफलताले पुरषवादी चिन्तन तथा मानसिकतालाई पष्ट्याइदिएको छ । महिलाको विरता एवं कार्यकुशलता, कार्यदक्षता र धैर्य पुरुषमा भन्दा कैयौं गुणा बढी हुन्छ । महिलाको वीरता एवं सहासिक चरित्रले महिलाहरु कुनै पनि कुरामा पुरुष भन्दा कम छैनन् । हरेक कुरामा पुरुष सरह सक्षम छन् तर पुरुषहरुले महिलाको कार्यकुशलतालाई बुझ्न नसक्नु र आफू पूरुष भएको खोक्रो आडम्बर पर्दशन गर्नु उचित छैन । देश चलाउन, देश विकास गर्न, देश र जनतालाई सही मार्गदर्शन गराउन महिलाले पनि सक्छन् अवसर र स्थान पाएमा । यसरी माओवादी महिलाको बारेमा चिन्तन गर्दा अन्य पार्टीले महिलालाई हेरेकै छैन भन्न खोजेको होइन मात्र माओवादी पार्टीमा लागेका महिलाले पनि पुरुषभन्दा कुनै चिजमापनि कमजोर छैन भनेरक विश्वमै चूनौति दिएका छन् । मात्र महिलाहरु आजसम्म पछाडि पर्नुको कारणपनि महिलालाई राज्यका हरेक पमुख स्थानमा जिम्मेवारी नदिनु हो ।राष्ट्रभित्र जतिसुकै पार्टीको जन्म भएतापनि महिलाहरुलाई दमन र हेपाहाको पवृति दलमा बस्ने वरिष्ठहरुले छोड्नु पर्छ । यदि कुनै महिला पार्टीमा बढी योगदान गर्छ भने यसलाई उचित किसिमको सम्मान र रोजगारको व्यवस्था गर्नु पाटर्ीैको जिम्मेवारी हो । काम गर्दा सम्म गधालाई भन्दा बेसी काम लगाउने काम पुरा भएपछि खाडलमा फ्याक्ने काम कदापि गर्नु हुादैन । सबै पार्टीले महिलालाई अगपंक्तिमा लग्नको लागि पहल गर्नुपर्छ । एउटा सुन्दर रथको कल्पना गर्नु भन्दा पहिला रथको दुवै पाङ्गा ठिक छ कि छैन त्यसको बारेमा सोच्नु बुद्धिमानी हुन आउाछ । महिलाको योगदान र सहयोगले देशलाई नयाा नेपालको निर्माण गर्न सकिन्छ । अबका दिनहरुमा देशको शासनभार सञ्चालनमा महिलाहरुको उल्लेख्य नेतृत्वदायी भूमिका हुनुपर्छ । देशमा भईरहेका विकृति, विसङ्गति,भष्ट्रचारलाई सजिलै केलाई निराकण गर्न सक्ने क्षमता महिलामा रहेको छ । महिलाको क्षमता र क्रियाशीलतालाई कमजोर ठान्नु भनेको पुरुषवादी चिन्तनमा धमिरा लाग्नु हो ।अब महिलाहरुलाई घरभित्र मात्र सीमित नराकी, देशको शासनभार चलाउन अवसर र स्थान दिनुपर्छ । जसरी पूरुषहरु देश चलाउन लागि परेका छन् त्यसरी नै महिलाहरुलाई पनि देश विकास गर्न शसक्त रुपमा लग्नु पर्दछ । अब बन्ने संविधानमा हरेक क्रियाकलापमा महिला सहभागीता ५० पतिशत रहनु पर्दछ । त्यो पुरुष वर्गले छुट्टयाइएको कोटामा सीमित होइन कि कुल जनसंङ्ख्याको ५२ पतिशत महिला भएकोले समानुपातिक समावेशीकरण आजको मूल आववश्यकता हो । महिलाका हकअधिकार संविधानमै लेख्नुको साथै व्यवहारमा कार्यान्वन गर्न समेत पछि हट्नु हुादैन ।

दीपा आले
Read Full Entry

नेपाली दाजुभाई भनिनेहरुबाट नै ठगिन्छन् नेपाली चेलीहरु विदेशमा ।

आफु लेबनानमा रहदा आफुले काम गरेको ठाउमा उनलाई यौनशोषण गरिन्थ्यो । उनीलाई यौन कि्रयाकलाप गर्न नमानेको खण्डमा भने पिटिन्थ्यो र बेहोस अवस्थामा पुग्थीन,तर एकपटक भने आफुले प्रतिकार गर्न खोज्दा त्यस शोषकलाई छुरा देखाएर मार्न खोजेको बताउछिन् उनी ।
उनलाई सधै एजेन्टले यौन शोषणमा लगाउन खोजेको र कतिपय नेपाली महिलाहरु त्यसै गरि यौन शोषणमा समेत परेको तथ्य उजागर गरिन उनले ।


त्यहा त नेपाली एजेन्टहरु नै नेपाली चेलीबेटीहरुलाई यौन कि्रयाकलापमा लगाउछन् र उनीहरुको जीवन र्बबाद गर्दछन् उनले बताइन् ।
यसरी आफनो एजेन्टले आफुलाई नराम्रो व्यवहार गरेर पीडा दिएको र नेपाल र्फकनका लागी हवाई टिकट र पासर्पोट समेत पनि नदिएको,खान लगाउन पनि नदिएर , यौन शोषण गरेर उनलाई घरबाट बाहिर निकालेर बाटोमा फालेको बताइन् । त्यस बेला उनको स्थिीती भने बडो नाजक थियो , उनको शरीर हलचल गर्ने स्थिीतीमा पनि थिएनन् ।उनको मानसिक अवस्था ज्यादै कमजोर भएको थियो र शरीर पनि ज्यादै कमजोर । उनले केहि दिन त न खान पाइन् ,न वस्ने वास नै पाइन ।
त्यसपछि उनलाई एउटा नेपाली महिलाले भेटेर सहयोग गरिन र उनलाई प्रहरी कहा लगेर उनको पासर्पोट ल्याउन र नेपाल आउने टिकट मिलाएर फर्कीन सहयोग गरिन र उनी नेपाल फर्कीन लाग्दा उनले विमानस्थलमा एकजना नेपाली भेेटिन र उनले उनीलाई केहि पैसा दिए पनि । त्यस पछि उनी नेपाल आइन् र यहाको विमानस्थलमा नेपाल्ाी प्रहरीहरुले उनको बारेमा
सोधपुछ ्गरी उनको शारिरिक अवस्था अनुरुप उनलाई १०, १५ दिनसम्म यहाको अस्पतालमा राखेर उपचार गरेर केहि रकम चन्दा उठाएर उनलाई घर र्फकन समेत सहयोग गरेका थिए ।
ज्ाब उनी घर पगीन तब उनले आमालाई फोन गरेर आफु आएको बताइन् र नेपालमा उनलाई ओरेक भन्ने सस्थाको सहयोगमा त्यो एजेन्टलाई पक्रन सफल भईन् र पछि त्यो एजेन्टलाई प्रहरी हिरासतमा राखियो । यसरी आज उनी त्यस नर्कबाट बाच्न सफल भई आरेकमा नै सीपमलक तालीम लिएर जीवन निर्वाह गरिरहेकी छिन् ।
यस्ता कयौ नेपालीहरु विदेशमा नै नेपालीबाट नै ठगिएर जीवन नरकमय बनाउन वाध्य भएका तथ्यलाई हामीले नर्कान सक्दैनौ । यस्तै परिस्थिीती हो भने के हामी नेपाली एजेन्ट बाट विदेशमा सरक्षित छौ त ?के हामीले नेपाली एजेन्टलाई विदेशमा विश्वास गर्न सक्ने बातावरण छ त ? के नेपालमा साच्चै यस्ता गिरोहका लागी कानुन नै छैन त ?अनि यसको दीर्घकालीन समाधान का उपाय र विकल्प के त ?भन्ने प्रश्नहरु सोचनीय रुपमा रहेको छ ।

मिठु सुन्दास
लेबनान बाट वैदेशिक रोजगारी बाट फर्केकी पीडीत ।
This story was told by Mithu sundas in GEFONT programme,it is her real story.
Read Full Entry

श्रीमान्ले श्रीमतीको हत्या गरेको खुलासा

राकेश चौधरी
महोत्तरी, पुस ३ गते ।
जिल्लाको सिमावर्ती बथनाहा गाविसमा श्रीमानले आफनी श्रीमतीको हत्या गरी दाहसंस्कार समेत गरेको रहस्य खुलेको छ ।
जिल्लाको बथनाहा गाविस-२ बस्ने हरिनन्दन राय यादवले आफनी ३० वषिर्या स्वास्नी पुनिता राय यादवलाई धाँटी थिचेर हत्या गरी राति नै दाहसंस्कार समेत गरिसकेको स्थानीयबासीले जनाएका छन । बिहानै बिहानै बन तिर गएका स्थानीयबासीहरुले जलेको शव देख्दा शंका लागी खोजतलाश गर्दा हरिनन्दन राय यादवले आप्fmनी स्वास्नीलाई गएराती नै हत्या गरी जलाएको रहस्य खुलेको थियो ।
आफनी कान्छी स्वास्नीसंग मिलेमतो गरी हरिन्ान्दनले पुनिताको हत्या गरेको स्थानीयबासीहरुले आशंका गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले समेत सो धटनाको पुष्टि गदै कर्तब्य ज्यान गरी मारेको जनाएको छ । राति नै दाहसंस्कार गरी सबै परिवार फरार रहेको जनाएको छ । भारतको घरहर्वा माईत घर भएकी पुनिताको ८ वषिर्य छोरी रीना यादव समेत गायब रहेकी मृतकको परिवारजनले जनाएका छन । प्रहरीले घटनाको छानबिन भईरहेको जनाएको छ ।
Read Full Entry

Thursday, December 18, 2008

विश्व आप्रवासन दिवस डिसेम्बर १८ ,२००८

आप्रवासी कामदारको योगदानलाई सम्म्ाान गरौ भन्ने नाराका साथ यस वर्ष पनि नेपालमा विभिन्न कार्यक्रम गरि विश्व आप्रवासन दिवस मनाइयो ।यसै अवसरमा आज राजधानीमा प्रभातफेरी को आयोजना गरिएको थियो । सो कार्यक्रम विहान ८ बजे बसन्तपुर डबलीबाट शुरु भई भृकुटीमण्डममा गएर सभामा परिणत भएको थियो ।

साथै भृकुटीमण्डपमावैदेशिक रोजगार सम्ब्ान्ध्ाी व्ािभ्ािन्न्ा सरोकारवाला संघसंस्थाहरुले आआफनो प्रकाशनका स्टलहरु राखी प्ाुस्त्ाक प्रर्दशन्ाीको आयोजना गरेका थिए ।सो सभा कार्यक्रममा श्रम विभागका महानिर्देशक मोहन कृष्ण सापकोटाले वैदेशिक रोजगारलाई व्यवस्थीत बनाउनु पर्ने आवश्यकताको खांचो रहेको औल्याउनुका साथै निजी र सरकारी सरकोरवाला संस्थाहरु मिलेर यस क्षेत्रको ठगी र विभेदको अन्त्य गर्न प्रतिबद्धता रहेको र महिलालाई वैदेशिक रोजगारिमा जानका लागी अवसर र सीपको आवश्यकता प्रमुख भएको धारणा व्यक्त गर्नभुयो ।त्यसै गरी पौरखीका अध्यक्षतथा सुरक्षित आप्रवासनका लागी राष्टिय सञ्जालका सचिव मञ्जु गुरुगंले समाजमा वैदेशिक रोजगारीलाई हेर्ने दृष्टिकोणमा फरक आएकोले नेपाल सरकारले पनि यस अभियानमाा सहयोग गरेको सबल पक्ष रहेको र आगामी दिनहरुमा पनि यो सहकार्य निरन्तर हुनुपर्नेर सम्पुर्ण साझेदार सस्थ्ााहरुलाई ऐक्यबद्धता जाहेर गर्न आग्रह गर्नुभयो ।कार्यक्रमका अर्का वक्ता तथा वैदेशिक रोजगार प्रर्वद्धन बोर्डका कार्यकारी निर्देशक थानेश्वर देवकोटाले नेपालमा पर्याप्त अवसर नभएसम्म वैदेशिक रोजगारीलाई सरक्षित ,व्यवस्थित गर्ने नितिलाई निरन्तरता दिने र रेमिटयान्समा समेत सहयोग गरेको छ , तर यसमा धेरै समस्याहरु भोग्नपरेको तथ्य नर्कान नसकिने बताउन भयो ।सो कार्यक्रममा सुरक्षित आप्रवासनका लागी राष्टिय सञ्जाल , युनिफेम ,पौरखी लगायतका विभिन्न आप्रवासी सम्बन्धी काम गर्ने संस्थाहरुको प्रतिनिधि , व्यवसायी , पत्रकार आदि को सहभागीता थियो ।यस वर्ष नेपाल सरकारले पनि यो कदममा सहकार्य गरेकोे छ ।
Read Full Entry

अन्र्तराष्टिय प्रवासी श्रमिक दिवस

नेपाल टेड यनियन महांसघले सरक्षित रोजागारको लागी जागरण अभियान को कार्यक्रम सहित अन्र्तराष्टिय प्रवासी श्रमिक दिवस को कार्यक्रम सम्पन्न गरेको छ ।सो कार्यक्रममा उद्योग तथा वाणिज्य मन्त्री मा. अष्ट लक्ष्मी शाक्यले वैदेशिक रोजगार विषयमा भएको समस्या र चनौतीलाई समाधान गर्नँपर्ने र आफले यी समस्याहरुको सरकारबाट नै समाधान गर्ने प्रतिबद्धता जाहेर गर्नभयो ।

त्यसै गरि कार्यक्रमका अर्का वक्ता तथा वैदेशिक रोजगार व्यावसायी संघका अध्यक्ष तिलक रानाभाटले आप्रवासन सन्धी आज सम्म नेपालले अनमोदन नगरेको अवस्था रहेको छ । वैदेशिक रोजगारमा गरकाहरुको योगदानको कदर ,सरक्षा हनपर्ने करामा विषेश जोड दिनभयो र भन्नभयो आप्रवासन सन्धि नेपालले तरुन्त लाग गर्न पर्ने करामा विशेष जोड दिनभयो ।त्यसै गरि वैदेशिक रोजगार प्रवद्धन वोर्डका कार्यकारी निर्देशक थानेश्वर सापकोटाले २०६५ सालदेखि २५ सदस्यीय बोर्ड को गठन गरिएको विषयमा जानकारी गराउनका साथै भन्न्ाभयो कतिपय कराहरु कानन कमजोर भएका कारण पनि मानिसहरु ठगिएका हन् र कतिपय त कानन कमजोर भएर र सबै प्रकृया परा नगरी गएमा र आवश्यक योग्यता नभइकन विदेशमा पैसा मात्र कमाउने सोच लिएर गएमा समस्या भएको हो । यसको समाधानको लागी कामदार आफै सजग र सचेत हनपर्ने करामा जोड दिनभयो ।कार्यक्रममा विभिन्न्ा देशहरुबाट वैदेशिक रोजगारी बाट फर्केका कामदारहरुको आआफनो कथा व्यथा सनाएका थिए र साथै यसै सम्बन्धी २ वटा वृत्तचित्र पनि देखाइएको थियो ।सो कार्यक्रममा जिफन्ट सग आवद्ध विभिन्न सरोकारवालाहरु,पत्रकारहरु को समेत उपस्थीती थियो ।यो जागरण अभियान सन् २००८ देखि १३ वटा जिल्लामा सञ्चालन गरिएको छ ।
ऋचा शर्मा तिवारीनेपाल
Read Full Entry

Wednesday, December 17, 2008

सर्बोच्चद्धारा आप्रवासी नेपाली महिला कामदारका अधिकार संरक्षण सम्बन्धि रिट जारी

बैदेशिक रोजगारमा जाने महिलाहरुले भोग्नु परेको आर्थिक, सामाजिक एवं यौन शोषणको अन्त्य गरी महिला वर्गको सम्मान पर्ूवक काम गर्न पाउने मौलिक हकको ब्यबहारीक कार्यान्वयन गर्न नेपाल सरकारका नाममा मिति २०६५ माघ १७ गते, जनहित संरक्षण मञ्चको तर्फाट अधिवक्ता प्रकाशमणि शर्मासमेत ४ जनाले दायर गरेको रिट निवेदन गम्भीर र्सार्वजनिक सरोकारको बिषय भएकोले अदालतवाट अग्राधिकार समेत प्रदान गरेको थियो ।

रिटमा बैदेशिक रोजगारीमा जानुपर्ूव तालिम, बैदेशिक रोजगारका लागि जाने महिलाहरुको लागि र्सवसुलभ कर्जाको व्यवस्था, रोजगारदाता मुलुकको बारेमा सूचना केन्द्रको स्थापना, रोजगारदाता मुलुकमा श्रम सहचारीको ब्यवस्था, राजदुतावास तथा कुटनैतिक नियोगहरुले सो देशमा कार्यरत नेपाली कामदारहरुलाई पुर्‍याउनु पर्ने सेवा प्रभावकारी बनाइनु पर्ने, स्वदेश फर्किए पछि लगानीका अवसरहरुका साथै सामाजिक सुरक्षा प्रदान गर्ने, बैदेशिक रोजगार ब्यवसायलाई नियमित गर्ने एवं आवश्यक नीतिगत तथा कानूनी ब्यवस्था समेत प्रभावकारी कार्यान्वयनका लागि सरकारका नाममा परमादेशको आदेशको माग गरिएकोमा सम्मानीत सर्वोच्च अदालतका मा. न्ययाधीशद्धय मीनवहादुर रायमाझी र बलराम के.सी को संयुक्त इजलासबाट निवेदकको माग बमोजिम आज रिट जारी गर्नु भएको छ ।
रिटको अन्तिम सुनुवाइमा जनहित संरक्षण मञ्चको तर्फाट अधिवक्ताहरु प्रकाशमणि शर्मा, कविता पाँडे र शर्मिला श्रेष्ठले बहस गर्नु भएको थियो ।
Read Full Entry

क्रिकेटमा नेपाली महिलाहरुको विजयी यात्रा जारी


एसीसी अन्डर-१९ महिला क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित हात पार्दै बुधबार सेमीफाइनलमा प्रबेश गरेको छ ।
समुह 'बी' बाट ८ अङ्क बटुली सेमिफाइनलको यात्रा तय गरेको नेपालले यो जितसँगै अन्तिम चारमा समेत प्रबेश गरेको छ ।
प्रतियोगिता अर्न्तगत आज भएको खेलमा नेपालले कुवेतलाई ४ विकेटले पराजित गर्‍यो ।

टस हारेर ब्याटिङ्ग गरेको कुबेतले आफ्नो पुरै विकेट गुमाई ३६ रन जोडेपछि ३७ रनको लक्ष्य पाएकोे नेपालले १२ दशमलब २ ओभरमा ६ विकेट गुमाइ जित हात पारको हो ।
नेपालका लागि रेखा राउतले ३, केशरी चौधरी र सोनु खड्काले २ /२ तथा सिता राना मगर र तृष्णा सिंहले १/ १ विकेट लिए ।
नेपालको लागि नेरी थापाले अविजित १२ रनको योगदान दिइन् ।
नेपालले अब समुहको 'बी' को अन्तिम खेल, चीनसँग खेल्नेछ ।
Read Full Entry

महिला प्रिन्सिपलहरुको पहिलो राष्ट्रिय भेला सम्पन्न

संस्थागत विद्यालयका महिला प्रिन्सीपलहरुको पहिलो राष्ट्रिय भेला सोमबार राजधानीमा सकिएको छ ।
प्याब्सनकी सल्लाहकार एवं भृकुटी माध्यमिक विद्यालयकी प्रिन्सिपल स्टेला तामाङ्गको नेतृत्वमा ५ सदस्यीय कमिटी बनाउने निर्ण्र्ााा साथ भेला सकिएको हो ।
भेलामा शिक्षामा महिला नेतृत्व, लैङ्गकि संवेदनशील शिक्षा नीति र महिला प्रिन्सिपलहरूका चुनौतिहरूका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

भेलाको आयोजना निजी तथा आवासीय विद्यालयहरूको संगठन प्याब्सन र विकल्प नामक संस्थाको संयुक्त आयोजनामा भएको हो ।
यसै विषयमा प्याब्सनकी केन्द्रिय सदस्य एवं स्वप्न बाटिका एकेडेमी काठमाण्डूकी प्रिन्सिपल सुशिला श्रेष्ठसँग गरिएको छोटो कुराकानी ः
यो भेलाको उद्देश्य के हो -
महिला प्रिन्सिपलहरुले अहिलेसम्म आ आफ्नो ठाउँमा बसेर काम गर्दा विभिन्न समस्या देखा पर्यो तर त्यो समस्या सुन्ने अवस्था कहीं नबने पछि कस्तो समस्या छ त भनेर गरिएको हो । यसले महिला प्रिन्सिपलहरुलाई उत्साहित बनाएको छ ।
जस्तै विभिन्न पक्षबाट चन्दा माग्ने, फि घटाउन दबाब आउने गरेको छ । यो समस्या पुरुषहरुलाई पनि पर्छ तर उनीहरु एक भएका छन् तर महिलाहरु अहिलेसम्म एकतृत भएका थिएनन्् । तर अब कुनै पनि समस्यालाई सामुहिक रुपमा लिएर समाधन गर्नुपर्छ भन्ने भएको छ ।
भेलामा कति सहभागी थिए - कसरी सहभागी गराइएको थियो -
७५ जना सहभागी भएका थिए । हाल काठमाण्डू जिल्लामा मात्रै करिब २ सय महिला प्रिन्सिपलहरु भए पनि सबै सहभागी भएका थिएनन् ।
यो भेलाबाट अब थप के अपेक्षा गर्न सकिन्छ -
महिला प्रिन्सिपलहरुको मनोबल बलियो बनाएको छ । साथै महिला प्रिन्सिपलहरुको कमिटि गठन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । त्यस्तै शैक्षिक क्षेत्रमा लगाइएको कर तिर्नु उचित नहुने निष्कर्षनिकाल्दै त्यस विरुद्ध पनि कार्यक्रमहरु गर्ने निर्ण्र्ाासमेत गरेको छ । साथै महिला भएकै कारण भोग्नु परेको पीडा एक अर्कामा आदान प्रदान गर्न सकिने भएको छ । जसले सबैको आत्मबल मनोवैज्ञानिक रुपमा नै बढेको सबैको निष्कर्षहो ।
Read Full Entry

गर्भवती महिलामा होमोग्लोविनको कमी

यमकला पाण्डेय/कंचनपुर
कञ्चनपुर जिल्लाको अधिकाँस ग्रामीण क्षेत्रमा गर्भवतीमा रगतमा होमोग्लोविनको मात्रामा कमी देखिएको छ ।
ग्रामीण स्वास्थ्य चौकीमा जाँच गराउन आउने गर्भवती मध्ये धेरैमा रक्तअल्पता देखिएको स्वास्थ्यकर्मीहरु बताउँछन ।
सामान्यतया गर्भवती अवस्थामा ११ दशमलव ५ प्रतिशत होमोग्लोविन हुनुपर्नेमा धेरै जसो ९/१० प्रतिशत र त्यो भन्दा कम ४ प्रतिशतसम्म होमोग्लोविनको मात्रा भएका महिलाहरु जाँच गराउन आउने गरेको सुडा स्वास्थ्य चौकर्ीर् इन्चार्ज नवराज जोसीले बताउनु भयो । जोसी अगाडि थप्नुहुन्छ -सामान्य अवस्थामा पनि खानपिनको राम्रो प्रबन्ध नहुदा ग्रामीण महिलाहरुमा रगतमा होमोग्लोविनको मात्रामा कमी हुने गरेको छ । हामीले रगतका मात्रा ज्यादैकम देखिएका गर्भवती महिलालाई आईरन चक्की दिने र विशेषज्ञ डाक्टर कहाँ रेफर गर्ने गर्र्छौ ।

महिला स्वास्थ्य स्वयंसेविका शान्ति बोकटी भन्नुहुन्छ - हामीले गाँउका महिलामा पोषणको कमी देखेका छौ । गरीब परिवारको महिलाले त गरीबीका कारणले खान पाएन होला जस्तो लाग्छ तर बाहिरबाट हर्ेदा सम्पन्न परिवारको महिलामा पनि पोषणको कमी पाईएको छ ।
कामको बोझ र पोषिलो खानेकुराको अभावका कारणले महिलाहरुको शरीर जहिले पनि कमजोर हुनछ अझ गर्भवती अवस्थामा सामान्य अवस्थामा भन्दा बढी पोषिलो खानेकुराको आवश्यकता हुन्छ तर ग्रामीण महिलाहरु त्यस अवसरबाट बञ्चित छन ।
यस क्षेत्रको महिलालाई हेपाहा दृष्टिले हर्ेर्ने प्रवृतिका कारणले महिलाको प्रजनन् स्वास्थ्यमा कसैले पनि चासो नदिने गरेको स्थानीय बुद्धिजीवि भरत बहादुर थापाले बताउनु भयो । थापा भन्नु हुन्छ र्-गर्भवती जस्तो संवेदनशील अवस्थामा महिलाको विशेष खयाल राख्नु पर्ने हुन्छ । गर्भवती महिलालाई पोषण र राम्रो हेरचाह नगर्ने परिवारलाई कानुनी रुपमा दण्डको व्यवस्था हुनु पर्छ र सामाजिक बहिष्कार गर्नु पर्छ ।
दैजी स्वास्थ्य चौकीका अहेब दीपकराज बोहरा भन्नु हुन्छ -हाम्रो गाविसमा गर्भवती जाँच गराउन आउने महिलाको सँख्या पनि एकदमै कम छ लक्षित ९ सय ८१ गर्भवती मध्ये ४० देखि ४२ प्रतिशतसम्म मात्र महिलाहरु गर्भवती जाँच गराउन आउछन । ती मध्ये धेरैमा रक्त अल्पता देखिएको छ ।
कञ्चनपुर जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङक अनुसार पनि आर्थिक वर्ष०६२/०६३ मा गर्भवती जाँच गराउने महिलाको सँख्या ७३ प्रतिशत पुगेको थियो । आर्थिक वर्ष०६४/०६५ मा घटेर ५६ प्रतिशतमा पुगेको छ ।
Read Full Entry

Sunday, December 14, 2008

विश्वमा आप्रवासन दिवस डिसेम्बर १८ सम्बन्धी केहि टिपोट

विश्वव्यापीकरणको कारणले आज समाज साँघरो हँदैछ । त्यसमा पनि आप्रवासनको क्रम बढेको हुनाले विश्वव्यापी रुपमा नै समाज साँघुरो हुँदै गएको यर्थाथलाई नर्कान सकिन्न । एकातिर आप्रवासनले गर्दा देशकेा अर्थतन्त्र बढेको छ र घरपरिवारको जीवनस्तर समेत बढेको छ । जुन देशको अर्थतन्त्र संकटमा परेको हुन्छ र त्यँहाका जनताहरुले अन्य आधारभुत आवश्यकता पनि पर्ती गर्न सकदैनन् तब त्यस देशबाट मानिसहरु आफनो आर्थीक अवस्था मजबुत बनाउनका लागी आप्रवासनको प्रकृया तर अग्रसर भएको पाइएको छ । केहि आप्रवासन भने शिक्षाका लागी पनि हुने गरेको पाइन्छ ।

तर ती आप्रवासनहरुले भने आर्थीक अवस्था सुधार गर्न भन्दा आर्थीक अवस्था कमजोर हुँदै गएको हन्छ । यसबाट प्रतिफल भने आशा गर्न सकिहाल्ने स्थिती भने छैन । तर रोजगारीका लागी भएका आप्रवासनबाट भने प्रतिफल समेत आशा गर्न सकिने ठाँउ पाइन्ो हुनाले यस प्रकारको आप्रवासन तिर मानिसहरु बढि आर्कर्षीत रहेको पाइएको छ ।
तीव्ररुपमा बढ्दो बरोजगारी र आर्थीक विपन्ताका कारण दक्षिण एसिया आर्थिक रुपमा संसारकै गरिब क्षेत्रको रुपमा रहेको पाइएको छ । भारतपाकिस्तान बगंलादेश र नेपालमा लगभग एकतिहाई भारत ४४।२ प्रतिशत पाकिस्तान ३१ प्रतिशत बंगलादेश २९प्रतिशत नेपाल ३७।७ प्रतिशत मानिसहरु दैनिक डलरभन्दा कम कमाउने गरेका छन् जसले गरिबीको संकेत गर्दछ ।
आप्रवासन सम्बन्धी अन्र्तराष्टिय संगठनका अनसार शताब्दीऔ देखि दक्षिण एसियाका जनता आर्थिक कठिनाइ प्राकृतिक प्रकोप लडुइ अशान्ति धार्मीक र जातीय द्धन्द एवं अन्य विभिन्न कारणहरुले एक ठाँउबाट अर्को ठुउमा जाने गरेका छन् । यो नै आप्रवासनको मुख्य कारण हो । यसरी आप्रवासनमा जान शिक्षाको लागी प्रवासिन भन्दा जोखिमपर्ण मानिन्छ । विश्वभरमा आप्रवासीहरुको संख्या लगभग १९ करोड १० लाख रहेको र यसमध्ये आप्रवासी कामदारहरुको संख्या १२ करोड रहेको र एशियामा मात्र ४ करोड ९० लाख आप्रवासी रहेका छन् ।
हाल भारतमा बाहेकका देशमा काम गर्न जाने नेपाली कामदारहरुको संख्या दैनिक ६०० को हाराहारीमा छ । श्रम तथा रोजगार प्रबद्धन विभागले अगाडि ल्याएको तथ्याक अनुसार हाल ९६३७०८ जना नेपालीहरु वैादेशिक रोजगारमा गएका छन् । तर अभिलेख भएका र नभएकाहरु जोडदा २० लाख नेपालीहरु वैदेशिक रोजगारमा तेस्रो मुलुकमा गएको पाइएको छ । विश्वमा नै महिला आप्रवासीहरुको संख्या ५६ प्रतिशत रहेको छ ।
विप्रेषणको विषयमा भन्नपर्दा आप्रवासनले गर्दा सन्ं २००७ मा वैदेशिक रोजगारबाट १ खरब २ अर्ब ४० करोड भन्दा बढि रुपैया विप्रेषण औपचारिक माध्यमबाट भित्रिएको विश्व बैक को अनमान रहेको छ । त्यसै गरि विप्रेषणले कुल ग्राहस्थ उत्पादनको १८ प्रतिशत योगदान गरेको छ जसमा ११ प्रतिशत भने महिलाकामदारहरु को योगदान रहेको र दशैं योजनाको अवधिमा करिब ११ प्रतिशत गरिबी घटेको र गरिबी ४२ प्रतिशत बाट घटेर ३१ प्रतिशतमा पुगेको कुरालाई नर्कान्न भने सकिन्न । नेपालमा यो अवस्था आउनको मुख्य कारण नै वैदेशिक रोजगार र विप्रेषण नै हो ।
विप्रेषणकै सन्र्दभमा सन् २००७ मा भारतले २७ अर्ब चीनले २५ अर्ब सत्तरी करोड बंगलादेशले ६।४ अर्ब पाकिस्तानले ६।१ अर्ब अमेरिकी डलर भित्राएका थिए जसमा बिश्व बैकको अनुसार विप्रेषणको तथ्याक आप्रवाह ३ खरब १७ अर्ब अमेरिकि डलर रहेको थियो भने नेपालमा विप्रेषण भित्रिने दश राष्टहरुमध्ये भारत थाइल्याण्ड साउदी अरब अमेरिका बेलायत बु्रनाई दक्षिण कोरियाजापानजर्मनी र अष्टेलिया आदि हुन् । सन् २००७ मा विश्वमा सबैभन्दा बढि विप्रेषण भित्रयाउने दशबटा राष्टहरु भारतचिन मेक्सीकोफिलिपिन्सफ्रान्सस्पेनबेलजियमसंयुक्त अधिराज्य जर्मनी रुमानिया रहेका छन् ।
केन्दिय तथ्यांक विभागको तथ्याकको सन् २००१ को तंथ्याक जनगणना अनुसार ८२७१२ जना महिलाहरु ५ महिना भन्दा बढि विदेशिएका थिए । तर महिला कामदारहरको तथ्याक भने अझै स्पष्ट नभएको र युनिफेम र निडस्ले दिएको तथ्यांक अनुसार ७८३०८ महिलाहरु वैदेशिक रोजगारमा गएको थाहा हुन आएको छ तर महिला कामदारहरुको संख्या सरकारी तथ्याक भन्दा कयौ गणा बढि छ । नेपाली महिलाहरुको वैदेशिक रोजगारीका लागी साउदी अरेबिया संयुक्त अरब इमरेट्स कुवेत बहराइन ओमान इजरायल हगंकगं माल्दिभ्स दक्षिण कोरिया साइप्रस र लेबनान जस्ता देशहरुलाई मुख्य गन्तव्यको रुपमा बनाएका छन् ।
आप्रवासनका केहि कमजोर पक्षहरु प्नि रहेको छ जस्तो कि कामदारहरु प्रति रंगभेदमा पर्ने कामदारको स्तर अनुसार भेदभाव हुनाले पहिचानमा कमी पनि रहेको देखिन्छ । त्यसै गरि आप्रवासीहरु ब्ाढि अरु देशमा रहने हुनाले भाषाको समस्या कानुनी संयन्त्रमा पहुँच नहुनु भाषा आर्थीक हैसियतले समस्या हुनु चेतनामा कमी कतिपय कानुनले नै स्वंय कामदारहरुलाई स्वदेश र विदेशका कामदारहरुलाई नै भेदभाव गरेको छ । त्यसमा पनि कतिपय देशहरुले आइएलओ को मान्यता अनुसार कानन पालना नगरेको हुनाले कामदारहरुले आफनो अधिकार प्राप्त गर्न सकेका छैनन् भने अर्को तर्फ अदक्ष र अर्धदक्ष कामदारहरु भएको कारण पनि पीडा भोग्न वाध्य भएका छन् ।
त्यसै गरि महिला कामदारहरु माथी कतिपय देशहरुमा भेदभाव गरिने हुनाले पनि वैदेशिक रोजगारीमा जाने महिलाहरुले पनि कतिपय स्थानहरुमा पनि शारिरिक िहंसाका समस्या झेल्नपर्ने रहेको पाइन्छ । महिला कामदारहरुका वैदेशिक रोजगारमा धेरै नै समस्याहरु रहेका छन् यहु सम्म कि विमानस्थलको बाटो देखि गन्तव्य नआएसम्म पनि धेरै समस्याहरु आउछँन । वैदेशिक रोजगारमा गएकाहरुले आफनो परिवारलाई आफनो गन्तव्यमा लान पाउने नियम नभएकोले परिवारहरु विछोडमा जीवन विताउन पर्ने वर्षोैमा बल्ल बल्ल नेपाल आउन पाउने विभिन्न कडा नियमहरु हुने गरेको र म्यानपावर एजेन्सीको ठगी र विदेशमा रहेका एजेन्टबाट हने विभिन्न किसिमका ठगी आदि विभिन्न समस्याहरु हुने भएकाले यो समस्यालाई समाधान गर्नका लागी सरोकारवालाहरु अग्रसर हनपर्ने देखिन्छ । त्यसमा पनि महिलाहरु यस प्रकृयाबाट पनि बढि ठगीने र िहंसामा पर्ने हुनाले विशेष गरि महिलाको सुरक्षामा ध्यान सरोकारवालाले दिन पर्ने कुरामा जोड दिनपर्ने देखिन्छ ।
यस्ता विभिन्न समस्याहरु सहजै समाधान भएका पक्कै पनि वैदेशिक रोजगारी र आप्रवासनका समस्या समाधान हुन सक्छ । नेपालमा सन् २००२ देखि विश्व आप्रवासन दिवस मनाउन थालिएको हो ।

ऋचा शर्मा तिवारी

Read Full Entry

Wednesday, December 10, 2008

स्ववियु निर्वाचन प्रणाली परिर्वतन हुने तयारीमा


वि.स २०३६ सालदेखि लगातार एउटै निर्वाचन प्रणाली अर्न्तगत चलेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रणाली को ढाँचा परिर्वतन हुने तयारीमा रहेको छ । यो अब बन्ने निर्वाचन प्रणाली पनि देशको निर्वाचन प्रणाली जस्तै पुरा समानुपातिक , पुरा मिश्रति ,पुरा प्रत्यक्ष रुपमा बनाउने योजना रहेको र यसलाई त्रि.वि सभामा पारित गरिएमा मात्र यो नियम लाग हुने त्रिभवन विश्वविद्यालय विधान मस्यौदा समितिको सदस्य मुनेन्द प्रसाद अवस्थीले जानकारी दिनुभयो ।



चालु निर्वाचन प्रणालीमा स्ववियुले नै क्याम्पस प्रशासन चलाउने भएकोले ,यसले गर्दा क्याम्पस प्रशासनमा बढि भष्टाचार हुने , क्याम्पसका तीन किसिमका प्रणाली शिक्षक, विद्यार्थी , प्रशासन मध्ये यसमा बढि भुमिका स्ववियुको भएकोले र अरु भने ओझेलमा पर्ने भएकोले पनि ,यस प्रथालाई निरुत्साही गर्नपर्ने र यसले बढि भष्ट्राचार बढने र यसबाट फाइदा बढि लिने तिर ध्यान गएकोेले नै यसबाट एउटा नकारात्मक नेतृत्वको उदय भएकोले यो एउटा विकराल समस्या बनेको र त्यसमा पनि स्ववियुको निर्वाचन प्रणालीमा नै समस्या भएकोले यसलाई परिर्वतन गर्न पर्ने भएकोले यो परिर्वतन हुन लागेको पनि अवस्थीले बताउनुभयो ।
उहँाले भन्नुभयो “विद्यार्थी संगठनमा समानपातिक प्रणाली बनाएमा यसले विद्यार्थी राजनितिमा दुरगामी असर पार्ने भएकोले विद्यार्थी संगठनलाई नै निर्वाचन गर्न दिनर्ुपर्छ र यसको नियम ,ऐन बनाएर सम्बोधन गर्ने काम पनि त्रिवि सभाको नै भएको बताउनुभयो “।
उक्त वैठकमा नेविसंघका प्रतिनिधिले भने प्रत्यक्ष मा चुनाव गर्ने र वर्तमान प्रणालीमा सुधार गर्नेपर्ने धाराणा अघि सारेका छन् भने अनेरास्ववियु र क्रान्तिकारी विद्यार्थी सगंठनका पदाधिकारीहरुले समानु पातिक निर्वाचन प्रणाली मा जानपर्ने त्यस भित्र काउन्सील राख्न पर्ने धारणा व्यक्त गरेका छन ् ।
फरक फरक मत आएकोले यस प्रकृयामा पन विचार गर्नकालागी आठ विद्यार्थी संगठन र त्रि.वि सभाका पदाधिकारीहरु वीच पुनः आइतवार बैठक बस्ने त्रि.वि विधान मस्यौदा समितिका सदस्य अवस्थीले जानकारी दिनुभयो ।आज भएको वैठकमा विभिन्न आठ विद्यार्थी संगठनका नेताहरु बीच यो समस्याको निक्र्यौल हुन नसकेपछि वैठक पुनः आइतबार बस्ने भएको छ ।
Read Full Entry

१८ डिसेम्बरमा विश्व आप्रवासन दिवस मनाउने तयारी


नेपालमा विगतका वषहरु झै यस वर्षपनि आप्रवासन दिवस सप्ताहव्यापी रुपमा यहि डिसेम्बर ११ देखि १८ सम्म मनाइने भएको छ । यस वर्षभने सरकारी र गैरसरकारी सबै पक्षहरु एकै साथ साझा रुपमा सो कार्यक्रम मनाउने तयारीमा रहेका छन् ।
सो कार्यक्म अर्न्तगत सबै साझेदार संस्थाहरु एवं सरकारी ,गैरसरकारी संस्थाहरुले पनि यस कार्यक्ममा ऐक्यवद्धता जनाउने भएका छन् ।



उक्त कार्यक्रमको क्रममा प्रेस विज्ञप्ती निकाल्ने , र्‍याली , मिडिया जागरण र हस्ताक्षर संकलन गर्ने , विभिन्न फोटो पर््रदशनी गर्ने रहेको छ । त्यसै गरि प्रधानमन्त्री वा श्रममन्त्रीलाई ज्ञापनपत्र बुझाउने , निति निर्माता र कामदारहरु बीच अर्न्तक्रिया गर्ने ,यो कार्यक्म धरान , खोटाङ्ग,पोखरा र दाङ्ग जिल्लाहरुमा सडक नाटक जनचेतना जगाउनका लागी देखाइने , त्यसै गरि वैदेशिक रोजगारबाट फर्केर आउनेलाई स्वागत र काम गर्न जानेहरुलाई विदाई गरिने कार्यक्रम समेत रहेको पिपुल फोरमका अध्यक्ष सोम लँुइटेलले बताउनुभयो ।
त्यसै गरि १८ डिसेम्बरमा श्रम मन्त्रीबाट शभकामना कार्यक्रम सरकारी र गैरसरकारी संस्थाहरुको सयक्त आयोजनामा गरिने भएको त्यसै गरि सरकारी तवरले भने विभिन्न र्‍याली र यस सम्बन्धी प्रेस विज्ञप्ती निकाल्ने भएको छ ,सरकारले मात्र गर्ने भनिएता पनि यसमा सञ्जालको पनि संलग्नता रहने बताइएको छ ।
विश्वमा आप्रवासी कामदारहरु ८ करोड ६० लाख रहेका छन् भने आप्रवासी मात्र पनि १९ करोड १० लाख रहको र त्यसै गरि संयुक्त अरब इमरेट्समा ७३.८ प्रतिशत , कुवेतमा ५१.९ प्रतिशत ,जोर्डनमा ३५.७ प्रतिशत रहेको र २०६५ असार मसान्त सम्म नेपाली कामदारको संख्या १२०४९३७ रहेको र व्रि्रेषण १ खर्ब २ अर्ब ४० करोड भएको र करिब १०७ देशमा काम गर्नका लागी खुल्ल्ाा गरिएका तंथ्याकमा दिइएको छ ।नेपालले सन् २००२ देखि नै विश्व आप्रवासन दिवस मनाउदै आएको छ ।
Read Full Entry

Monday, December 8, 2008

इराक पठाउने मानव तस्कर गिरोहमा नेपालीको संलग्नता

नेपाल सरकारले इराक, अफगानिस्तानजस्ता मुलुकहरूमा रोजगारीकालागि कामदार पठाउन प्रतिबन्ध लगाए पनि नेपालबाट महंगो मूल्य असुल गरी जोखिमपूर्ण काम गर्न इराक पठाउने एक गिरोह दुबइमा जनप्रगतिशील मञ्च यूएइ च्याप्टरले पत्ता लगाई आम नागरिकका सामू र्सार्वजनिक गरेकोछ ।नेपाल कम्युनिष्ट पार्टी माओवादीका भातृ संगठन जनप्रगतिशील मञ्च यूएइ च्याप्टरले ‘भी टु’ नाम दिई मिशन तयार पारी दुइ महिनाको अथक प्रयासबाट उक्त गिरोहलाई र्सार्वजनिक गर्न सफल भएको हो ।
मञ्चका केन्द्रिय अध्यक्ष दिपक बोहोरा, केन्द्रिय सदस्य दिपक बानीया, र क्षेत्रिय उपाध्यक्ष राजु रोक्काले उक्त मिशनको बारेमा स्पष्ट पार्नुभएको थियो । मञ्चले त्यस गिरोहले टी वन, टी टु, सेटिंग, भिसा आउटजस्ता कोड पनि प्रयोग गर्ने गरेको रहस्य खोलेकोछ ।इराक अति नै जोखिमपूर्ण अवस्थाको मुलुक भए पनि यो मानव तस्कर गिरोहले सोझासाझा नेपालीहरूबाट ठूलो रकम अँठ्याई उनीहरूलाई केही वर्षदेखि दुबइ र शारजाह हुँदै इराक पठाउने कार्य गर्दे आएको उक्त गिरोहमा संलग्न शंकर बोगटीले स्वीकार गरेकोछ ।जनप्रगतिशील मञ्च यूएइ च्याप्टरले नेेपाली राजदूतावासका प्रथम सचिव प्रकाशमणि पौडेलको उपस्थितिमा एक पत्रकार सम्मेलन गरी उक्त गिरोहका व्यक्तिहरूलाई आमुन्ने सामुन्ने गर्राई कसुर स्वीकार गर्न लगाएको थियो ।

पत्रकारहरूले सोधेका प्रश्नहरूको उत्तर दिंदै मानव तस्कर गिरोहमा संलग्न गोरखा पालुङटार घर भई हाल यूएइमा कार्यरत दामोदर गिरीले आफूले १०० जनाभन्दा बढी नेपाली कामदार इराक पठाएको स्वीकार गरे । उनले भनेका छन्- एक जना व्यक्तिसित दुइदेखि अर्ढाई लाख नेरूसम्म लिने गरिएकोछ ।त्यस्तै त्यस गिरोहका अर्का सदस्य शंकर बोगटीले आफूले दुइ वर्षदेखि यो मानव तस्करजस्तो अपराध कार्य गरेको स्वीकार गर्दै दुइदेखि तीन सयको संख्यामा नेपालीहरू इराक पठाएको बताएकाछन् ।जनप्रगतिशील मञ्च यूएइले गए मंगलबार बिहान ६ बजे नै दुबइबाट २०० किलोमिटर टाढा राशलखेमाको एक बस्तीमा इराक जाने युवाहरूलाई लुकाएर राखिएको घरलाई आफ्नो घेरामा लिई उक्त गिरोहका केही व्यक्तिहरूलाई समेत आफ्नो नियन्त्रणमा लिएकाथिए । यसपछि उनीहरूलाई दुबइको एभरेष्ट इन्टरनेशनल होटलमा ल्याई एक पत्रकार सम्मेलन गरी स्थिति र्सार्वजनिक गरेको थियो ।उक्त मानव तस्करी गिरोहमा लागेका पत्रकार नारायण लम्साललाईसमेत उक्त मञ्चले पत्रकार सम्मेलनमा बोलाई आफ्नो कसुर स्वयं जाहेर गर्न आग्रह गरेपछि नारायण लम्सालले माफी माग्दै आफूलाई सुधार गर्ने प्रतिबद्धता जाहेर गरे । नेपाल टेलिभिजनमा हेलो नेपाल कार्यक्रमका लगानीकर्ता लम्सालजस्तो व्यक्तिलाई पत्रकार महासंघले कार्यवाही गरिने कुरा महासंघ यूएइ सम्पर्क शाखाका अध्यक्ष जाकिर हुसैनले बताए ।राजदूतावासका प्रतिनिधिको उपस्थितिमा मञ्चका कार्यकर्ता र पत्रकारहरूले सोधपूछ गरेपछि तस्कर गिरोहका ती व्यक्तिहरूले यूएइ र नेपालमा रहेका केही दलालहरूको नाम बताएका थिए । तत्कालै ती व्यक्तिहरूसित सम्पर्क हुन नसकेपछि मञ्चले केही दिनभित्र उक्त व्यक्तिहरूलाई यसरी नै पत्रकारहरूमाझ ल्याई आफ्नो अपराध स्वीकार गर्न लगाएर कार्यवाही गराउने जनप्रगतिशील मञ्चका सल्लाहकार दुर्गादत्त पोख्रेलले बताउनुभएकोछ ।राजदूतावासका प्रतिनिधिको उपस्थितिमा मञ्चका कार्यकर्ता र पत्रकारहरूले सोधपूछ गरेपछि तस्कर गिरोहका ती व्यक्तिहरूले यूएइ र नेपालमा रहेका केही दलालहरूको नाम बताएका थिए । तत्कालै ती व्यक्तिहरूसित सर्म्पर्क हुन नसकेपछि मञ्चले केही दिनभित्र उक्त व्यक्तिहरूलाई यसरी नै पत्रकारहरूमाझ ल्याई आफ्नो अपराध स्वीकार गर्न लगाएर कार्यवाही गराउने जनप्रगतिशील मञ्चका सदस्य दीपक बानियाँले बताउनुभएकोछ ।तस्कर गिरोहका यी सदस्यहरूले यूएइमा आफूहरूसमेत, राजन खतिवडा, बिष्णु पाण्डे (चितवन), तेज आचार्य, नरेन्द्र पौडेल (झापा), कृष्ण आचार्य, टेकराज भण्डारी (हाल काठमाडौं), कुमार बुढाथोकी, इन्द्र काफ्ले, इन्द्र थापा, बिष्णु पाण्डे, रबिन्द्र आदि व्यक्तिहरु सक्रिय रहेको बताएकाछन् ।त्यस्तै र्सार्वजनिक गरिएका यी व्यक्तिहरु र इराक जान आएका पाँज नजा युवालाई सोधपूछ गर्दा नेपालमा यस गिरोहसँग दिनेश अर्याल (मोबाइल नं. ९८५११०१८८३), सुरेश पौडेल (मो. ९८४१९८५१५), गणेश कटवाल, (सराङकोट-२) पोखराका नेत्रबहादुर थापा (मो. ९८०४१३२६३३), सराङकोट पोखरा-४ का शेरबहादुर थापा (मो. ९८४६०२३२२४), बुद्धनगर चितवनका राम कुंवर (मों. ९८५५०५६०२२), बाग्लुङका कृष्णबहादुर पुन, क्षितिज म्यानपावर कम्पनीमा काम गर्ने सतिस क्षेत्री (मो. ९८५१०८५८२९), टेकबहादुर थापा, जोनी थापा (मो. ९८४१५८८५), नारायण ढुंगाना (मो. ९८४१३५३२५७), सुरेश पौडेल (मो. ९८४१७१५९८), शर्मिला घिसिङ (मो. ९८४१४९६४१८), बर्दियाका गणेश कटवाल (मो. ९८५११०८५४९) सक्रिय रहेको बुझिएकोछ ।यस गिरोहले नेपाली मात्र होइन अन्य दक्षिण एसियाली मुलुकका मानिसहरुलाईसमेत इराकजस्तो जोखिमपूर्ण मुलुकमा पठाउने कार्य गरेकोछ । इराक जान भनी ल्याइएका ती युवाहरूका अनुसार केही दिनअघि उनीहरूले केही श्रीलंकन युवाहरूलाईसमेत इराक पठाएका थिए । यस गिरोहसँग भारतीय, इजिप्सियन, फिलिपिनी, अरबी र ब्रिटिश नागरिकहरूको समेत संलग्नता रहेको दामोदर गिरीले बताएकाछन् । उनले इराकमा टेकराज भण्डारी भन्ने मानव तस्कर दलालसँग आफ्नो सम्पर्क रहेको बताए ।जनप्रगतिशील मञ्चले राशल खेमाको एक बस्तीमा लुकाएर राखिएका एक सय जनाभन्दा बढी युवामध्ये पाँच जनालाई पत्रकार सम्मेलनमा बोलाएका थिए । पत्रकार सम्मेलनमा उपस्थित इराक जान यूएइ आएका सराङकोट पोखराका लोकबहादुर भुजेल, शुक्रनगर-२ चितवनका गंगाबहादुर रिमाल, कल्याणपुर-२ नुवाकोटका रबिन खडका, बिराटनगर-६ बिजुली अफिसका नारायणनन्द पुरी, पोखरा-६ लेकसाइडका विवेक अधिकारीका अनुसार उनीहरूले प्रतिव्यक्ति दुइ लाख पचास हजारदेखि दुइ लाख साठी हजारसम्म बुझाएर आएका छन् । तर, शंकर बोगटीले इराक जाने युवाहरूले सरदर पाँच सयदेखि पाँच सय पचास डलरसम्म तलब पाउने र उनीहरूसित नेरु दुइ लाख जति उठाउने गरेको बताए । उनले दुबईस्थित प्राइम प्रोजेक्टलाई मान्छे दिने बताएकाछन् । प्राइम प्रोजेक्टको कार्यालय इराकमा पनि रहेको बुझिएकोछ ।गिरोहमा संलग्न व्यक्तिहरू र इराक जान आएका व्यक्तिहरूसित हुन आएको जानकारी अनुसार यस गिरोहले इराक जाने कामदारहरूसित सरदर अर्ढाई लाख रूपैयाँ असुल गरी नक्कली भिसा बनाई आफ्ना नेर्टवर्कमार्फत् श्रम कार्यालयबाट स्वीकृति लिएर नेपाल एयरपोर्टबाट मान्छे उडाउँछन् । त्यस्तै उनीहरूले बंग्लादेश र भारतका केही एयरपोर्टहरूबाट पनि मान्छे पठाउँछन् । सामान्यतः आउने व्यक्तिहरूलाई दुइवटा भिसा दिइएको हुन्छ । उनीहरूलाई नेपाल एयरपोर्टमा देखाउने भिसा जहाजमा बसेपछि च्यातिदिने आदेश भएको हुन्छ भने अर्काे प्रतिलिपि भएको भिजिट भिसा चाहिँ दुबइ वा शारजाहको एयरपोर्टमा देखाउने आदेश भएको हुन्छ । यूएइमा केही महिनाअघि नेपालीहरूलाई यहाँको स्थानीय सरकारले भिजिट भिसा बन्द गरेको बखतसमेत सयौं व्यक्तिहरू धमाधम एयरपोर्टमा आई इराकतिर लागेको सवैले बुझेको बेला यो भिसा कहाँबाट निष्काशन हुन्छ त भन्ने प्रश्न खडा भएको थियो । यस अर्थमा यस गिरोहको हात कहीँ माथिसम्म नै छ भन्ने कुरातर्फ इंगित गर्दछ । गिरोहका एक सदस्य नारायण लम्सालले आफूले त्यस बखत पनि भिजिट भिसाहरू निष्काशन गराएको बताएकाछन् ।शारजाह र दुबइका एयरपोर्टहरूमा अवतरण भएका इराक जान ल्याइएका यी युवाहरूलाई शहरी क्षेत्रभन्दा दुइ सय किलोमिटर जति टाढा एउटा वस्तीको घरमा राखिनुको पछाडि पनि रहस्य लुकेकोछ । उनीहरू नेपालीबाट नै त्रसित भएर यी व्यक्तिहरूलाई त्यहाँ राखेका हुन् भन्ने र्छलंङ्ग हुन्छ किनकि इराक पठाउनु भनेको यूएइको कानूनले भने गैह्र कानूनी र्ठहर्दैन । त्यस्तै सयौं व्यक्ति दुबइ र शारजाहका एयरपोर्टभित्र हप्तौंसम्म बस्छन् । गिरोहका मानिसहरूले उनीहरूलाई राशनपानीका लागि रकम पठाउने गर्दछन् । यसबाट पनि उनीहरूको पहुँचलाई आँकलन गर्न कत्ति पनि गाह्रो पर्दैन ।राशलखेमाको एक घरमा इराक पठाउन भनी राखिएका एक सयभन्दा बढी व्यक्तिहरूको तर्फबाट पत्रकार सम्मेलनमा आएका पाँच जना युवाले आफूहरूले बुझाएका रकम साँवा ब्याजसहित फिर्ता गर्राई घर फर्काइदिन दूतावाससमक्ष निवेदन गरेकाछन् ।हाल यूएइमा विभिन्न स्थानमा राखिएका र एयरपोर्टहरूमा रहेका इराक जान बोलाइएका नेपाली युवाहरूलाई मानव तस्करीमा लागेका यी व्यक्तिहरूले उनीहरूले तिरेको रकम सावाँ ब्याजसहित फिर्ता गरी १० दिनभित्र नेपाल फिर्ता गर्न गिरोहमा संलग्न नारायण लम्साल, शंकर बोगटी र दामोदर गिरीले संयुक्त रूपमा कागज गरेकाछन् । यस गिरोहले हजारौं नेपालीलाई इराक पठाइसकेको छ ।सयौं नेपाली इराकमा बिचल्लीमा रहेका, कन्टेनरहरूमा सुतिरहेकाजस्ता समाचारहरू छापामा आइरहेका छन् । कैयौंपटक नेपालीहरू त्यहाँ बेपत्ता भएको कुरा पनि समाचारहरूमा आएकाछन् । इराक जाने यी नेपालीहरूको त्यहाँ न कामको ग्यारेन्टी हुन्छ न उनीहरूको इन्स्योरेन्स भएको हुन्छ जबकि संसारकै एक जोखिमपूर्ण मुलुक हो इराक । नेपालीको समस्या बुझ्ने त्यहाँ नेपालको कुनै कुटनैतिक नियोग पनि छैन ।इराकमा १२ जना नेपालीलाई रेटेर ज्यान लिएको बिभत्स हत्यालाई नेपालीहरूले भुल्न पनि नसेकेको बेला नेपाल अधिराज्यभरि नेपाली युवाहरूलाई इराक जान पठाउने नेर्टवर्क बनेको यस मिसनले प्रमाणित गरिदिएको बखतमा यूएइ स्थित नेपाली नियोगले अब के गर्ने त भन्ने प्रश्न जनप्रगतिशील मञ्चले तेर्स्याएकोछ । मञ्चले यस कार्यमा दूतावासको पनि सक्रियता हुन सक्ने शंका व्यक्त गरेकोछ । मञ्चले यसरी मानव तस्कर गिरोह दुबइमा सक्रिय रहेको बेला दूतावास किन चूप छ भन्ने प्रश्न पत्रकारहरूसामु राखेको छ । यस गिरोहले दूतावासका प्रतिनिधिहरूकै अगाडि आफ्नो कसुर स्वीकार गरिसकेकोले अब दूतावासले दुबइमा सक्रिय यी दुइ चारजना मात्र होइन यस गिरोहमा नेपालमा समेत संलग्न सम्पूर्ण सञ्जाल पत्ता लगाई कार्यवाही गराउन सक्नुपर्दछ ।जनप्रगतिशील मञ्च यूएइ च्याप्टरका कार्यकर्ताहरूले यस गिरोहबाट ज्यान मार्ने धम्की समेत पाएको बताएकाछन् । उनीहरूले पत्रकार सम्मेलनमा ‘OK to board Syestem’ लगाउनुपर्ने, नेपाली पासपोर्टमै प्रतिबन्धित मुलुकहरूको नाम खुलाउनुपर्नेजस्ता कुराहरूको व्यवस्था गरी यस्ता अपराधलाई न्युनिकरण गर्न सकिन्छ भन्ने प्रस्ताव पनि अगाडि सारेकाछन् ।
source : www.nayanepalonline.com
Read Full Entry

Thursday, December 4, 2008

Misery of Foreign Employment

वि.स २०६३ सालमा वैदेशिक रोजगारी घरेल कामदारको रुपमा कवेत गएकी हन अनु लामा तामाङ्ग । एकजना कवेत बाट फर्कीएकी दिदिको सहायतामा रु २०,००० दिएर उनी त्यहँा काम गर्नका लागी हेटौडा भएर रक्सौल हँदै भारतको गौतमनगर पगेकी थिइन । उनी विना श्रम स्वीकृत कागजात खाडीमुलुक कवेत पुगेको र त्यँहा उनले एउटा घरमा घरेलु कामदारको रुपमा काम गर्दथीन् । त्यस भन्दा पहिला काम गरेको ठँाउमा काम गर्दा तलबहरु राम्रो सँग नदिने र काम गर्ने वातावरण पनि नभएको कारणले उनलेे त्यो पहिलाको ठाँउमा पनि काम छोडेकी थिइन् ।
त्यसपछि जब उनी एउटा डाक्टरको घरमा काम गर्न थालीन् ,त्यसबेला उनले त्यस घरमा भने कनै दुःख नपाएको र त्यँहाका महिला साहुले पनि उनीलाई काम राम्रो गरेको भनी धेरै केहि माया र सहयोग समेत गरेको बताइन् । तर त्यँहाका नेपाली एजेन्टहरुले भने धेरै दुःख दिएको बताइन् । त्यँहा काम गर्दा कमाएको १ लाख पैसंा एजेन्टले खाएको बताइन् । कामकै सिलसिलामा तलब नदिएको गनासो गर्दा उनलाई एजेन्टले ५,७ दिन थुनेर पिटेर पनि राखेको बताइन ् । त्यँहाका एजेन्टहरुले नेपाली महिला कामदारहरुलाई कवेती मालिकलाई बेच्ने गरेको र मालिकलेे ३५० दिनार तिरेर कामदारहरु किन्ने गरेकोले नेपाली महिलाहरुलाई नराम्रो व्यवहार गरिएको र त्यसबाट समस्या समेत भएको र त्यँहा मानव बेचविखनको व्यवसाय ज्यादै फस्टाएको र यसबाट नै धेरै समस्याहरु आरम्भ भएको बताइन् । उनले भन्ाीन त्यँहा यदि आफलाई बसेको ठाँउ मन परेन भनेर परिर्वतन गर्न परेमा ६ महिना अघि काम र्सदँ ३०० दिनार र १ वर्षा परिर्वतन गर्दा १०० दिनार तिर्न पर्ने नियम रहेको छ ।त्यहाँ नेपाली महिलाहरुले धेरै नै दुःख पाएको कारणहरु एक त पढाइमा पनि कमी भएको र भाषा पनि नआउने ,तलब पनि नदिने र केटाहरुले लोभलालच देखाएर फसाउने गरेकोले , त्यँहाका एजेन्टहरुले महिलाहरुलाई राजदतावास को फोन नं , कुन स्थानमा छ भनेर पनि नदेखाउने गरेकोले उनीहरुले आफनो समस्या कहि पनि भन्न नसक्ने र एजेन्टहरुले आफनो पासर्पोट पनि राख्नाले नेपालबाट गएदेखि नेपाल नआएसम्म आफले कहि पनि उजरी गर्न नसक्ने र विना श्रम स्वीकृति काम गर्दा आफु राजदतावासमा समस्या भन्न जान पनि समस्या हुने गरेको र एक त त्यँहाका साहुहरुले घरबाट वाहिर पनि जान नदिनाले आफु कुन ठाँउमा रहेको भन्ने थाहा नहुने र फोन र्सर्म्पक पनि गर्न नदिने भएकोले समस्याहरु कसैलाई थाहा नहने उनले बताइन् । त्यँहाका नेपाली महिलाहरुलाई यौन शोषण वा अरु हिसंा गरेर ,हत्या गर्ने तर नेपालमा भने आफै मरेको भनी खबर गरी शवलाई प्याक गरी नेपाल पठाउने गरिन्छ । यसरी धेरै नेपाली महिलाहरुले आफनो जीवन समाप्त गरेका छन् ।त्यँहाको प्रशासनले म्यानपावर एजेन्टलाई खोज्न आउँदो रहेछ ,त्यसैले यस्ता ठग म्यानपावर एजेन्टहरुलाई कडा कारवाही गर्नपर्ने ,किनभने त्यँहा एजेन्टहरुले नेपालीलाई समस्यामा पारेको , त्यसरी खोज्न आँउदा उनीहरुले एउटा कोठामा जमिन मनी को कोठामा केटिहरुलाई लुकाउने गरेको र प्रशासन गएपछि बल्ल महिलालाई निकाल्ने गरेको जानकारी दिइएको छ । त्यसै गरि एजेन्टले महिलाहरुले राजदतावासको नाम थाहा पाउछ भनेर ,ठेगानाहरु लेखिएको महिलाहरुको फोन डायरी च्यात्ने ,घर वाहिर जान नदिने ,कसैसँग सर्म्पर्क गर्न नदिएर भित्र पीडा भोग्न वाध्य बनाउने गर्दथे ।आफ कुवेत बाट फर्केर आउँदा एजेन्टले दिल्ल्ाीबाट नेपाल र्फकनका लागी नक्कली टिकट दिएको हुनाले विमानस्थलमा पनि उनलाई समस्या परेको र दिनभर विमानस्थलमा परकेा राजदतावासले पनि सहयोग नगरेको , फोनमा पनि आफनो समस्या राख्दा वास्ता नगरेको र पैंसा नभएको भनी पन्छिएको र त्यँहा एउटा नेपालीले सहयोग गरि आफलाई दिल्ली ल्याउने एजेन्टलाई फोन गरि भेट्टाएर दिल्लीको एजेन्टले नै उनीलाई टिकट दिलाएर नेपाल र्फकन सहयोग गरेका थिए ।तर यसरी नेपाल फर्के पछि भने उनलाई समस्याले छोडेन ।उनले आफु दिल्ल्ाी बाट नेपाल आएको बसको साहु सँग २०६४ सालको फाल्गण को पहिलो हप्तामा विवाह गरिन् । तत्पश्चात् उनीहरु केहि समय सँगै वस्दै आएको थिए तर एक्कासी उसको श्रीमान्ले आफनो पहिला नै विवाह भएको बताए र पहिलो श्रीमती कँहा गएर उनीसँगको मिलोमतोमा २०६४ साउन २८ गते उनको घरको उठीवास गराए र कमाएर ल्याएको ३ लाख पनि लगेको र त्यस पछि उनको श्रीमान्ले पहिलो श्रीमती सँग मिलेर उनको सामान र गरगहना समेत लगेको कोठामा थुनेर त्यसबाट पनि उनी पीडीत भएको बताइन् । त्यस पछि उनको श्रीमान् उनको र्सर्म्पकमा नआएको र उनको बेहाल भएको र टोलछिमेक सँग सहायता मागेर आफनो जीवन गुजारेको बताइन् । त्यसो त उनको श्रीमान्ले उनलाई रु १ लाख दिन्छ भनेर अलपत्र पारेको तर अहिले सम्म नदिएको तर आज उनीहरुको आफनो केहि व्यक्तिको रहोवरमा उनलाई १५ दिनमा सो रकम दिने शर्तमा कागज गराइएको छ ।अन्त्यमा ,उनले भनीन् विदेशमा नेपालीहरुलाई किनेर लाने भएकोले उनीहरुलाई मेशिनको रुपमा काम गराउछन् । नेपाली एजेन्टहरुले नेपाली महिलाबाट फाइदा लिएपछि महिलाहरुलाई समस्या हुने भएकेाले त्यँहाको म्यानपावर एजेन्टलाई नै सबै भन्दा सजग बनाएर कारवाही गरेमा यो समस्या समाधान हुन्छ ।
Abhibyanjana

Read Full Entry